spot_img

हर्क साम्पाङको पार्टीलाई मान्यता मान्यताःचुनाव चिह्न माटो

spot_img

निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिकाकाका प्रमुख(मेयर) हर्क साम्पाङको श्रम संस्कृति पार्टी दर्ता गरेको छ ।साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको दर्ता प्रमाणपत्र लिएका छन् ।

आयोगमा २ सय ४ नम्वरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्वर ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।
आफ्नो दलले औपचारिक मान्यता पाएपछि साम्पाङले देश बिकासका लागि श्रमको परिचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने बताए । युवाहरुलाई श्रममा जोड्न सामाजिक अभियानको जागरणलाई प्रभावकारी रुपमा अघि बढाइने उनको भनाइ छ ।

उनले धरान उपमहानगरपालिकाभित्र रहँदा मेयर र बाहिर निस्कदा सामाजिक अभियान्ताका रुपमा प्रस्तुत हुने उल्लेख गरे । हाल उक्त पार्टीमा पाँच पदाधिकारीसहित २८ केन्द्रीय सदस्य रहेका छन् । पार्टीको चुनाव चिह्न माटोको ढिस्को राखिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img