काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हो। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ।
मन्त्रालयका अनुसार यने अवधिमा देशभर २ हजार २५१ जनामा गरिएको परीक्षणमा थप ११९ जनामा संक्रमण पुष्टि भएको छ।संक्रमित मध्ये ३६ जना महिला र ८३ जना पुरुष रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ जना पुगेको छ।त्यस्तै, आइतबार २६० जना कोरोनामुक्त भएका छन्। यो सहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ७२ जना पुगेको छ।मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने दर ९८.६ प्रतिशत रहेको छ।