spot_img

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० को मृत्यु

spot_img

काठमाडौँ,  उत्तरी अफगानिस्तानमा सोमबार मध्यरात (स्थानीय समयअनुसार १ बजे) गएको शक्तिशाली भूकम्पले कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।६ दशमलव ३ म्याग्निच्युडको यस भूकम्पमा परेर ३ सय २० जना व्यक्ति घाइते भएको तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमान अमरले बताए ।

भूकम्पले अफगानिस्तानका ठूला सहरमध्ये एक मजार–ए–सरीफमा ठूलो धक्का पुगेको छ । यहाँ झन्डै ५ लाख मानिसको बसोबास छ ।

अहिले यहाँ उद्धार तथा राहतको कार्य जारी छ । घाइते तथा मृतकको संख्या बढ्न सक्ने बल्ख प्रदेशका अधिकारीहरूले बताएका छन् । सोलगारा जिल्ला र मजार–ए–सरिफको दक्षिणतर्फ धेरै क्षति पुगेको बल्ख प्रदेशका तालिबानका प्रवक्ता हाजी जैदले बताए।एजेन्सी

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img