spot_img

अविश्वास प्रस्तावको डरले सत्तापक्षाबाटै प्रदेश सभा अवरोध

spot_img

प्रदेश १ को प्रदेश सभा बैठक आइतबार २ मिनेट बसेर स्थगित भएको छ । प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले अविश्वासको प्रस्ताव पेस हुने कार्य सूची रहेको जनाए पनि नेकपा ओली समूहले नियमापत्ति जनाएपछि बैठक स्थगित भएको हो ।आइतबारका लागि २ बजे बोलाइएको बैठक ३ बजेर ५८ मिनेटमा सुरु भए पनि २ मिनेटमै रोकिएको थियो । बैठक आगामी फागुन ९ गते बस्ने सचिवालयले जनाएको छ । प्रदेश सभाको बैठक नेकपाका दुई समूहबीच विवाद हुँदा समयमै सुरु सकेको थिएन ।

बैठक सुरू हुने बित्तिकै नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्रीले कारबाही गरेका १६ जना सांसद बसेसम्म बैठक नचल्ने बताए ।यसअघि पाँच घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा प्रचण्ड(माधव समूहले अविश्वासको प्रस्ताव पेस गर्नुपर्ने माग गरेका थिए भने ओली समूहले मुख्यमन्त्रीले कारबाही गरेका १६ सांसद बैठकमा सहभागी हुन नपाउने माग गरेका थिए । बैठकमा दुवै समूहबीच सहमति हुन सकेको थिएन ।संसदीय इतिहासमा सत्तापक्षबाटै संसद अवरुद्ध भएको घटना बिरलै पाइन्छ ।यसअघि माघ ७ को प्रदेश सभा बैठक प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर स्थगित भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img