काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ३८ हजार ३०० कायम भएको छ।
अघिल्लो दिन सोमबार एक तोला सुन २ लाख ३९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सोमबार एक तोला चाँदी ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।