रौतहट , रौतहटमा हुने चन्द्रपुर मेयर प्रदेश नं.२ एन्फा लिग फुटबल प्रतियोगिताको बिजेता टिमले नगद २ लाख पाउने छ भने उपबिजेताले एक लाख पाउने भएको छ । सोमबारबाट शुरु हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको सन्र्दभमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको थियो ।प्रदेश फुटवल संघ प्रदेश नं. २ को आयोजना चन्द्रपुर नगरपालिकाको सहयोग अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम तथा रौतहट जिल्ला फुटबल संघको समन्वयमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रदेश नं. २ का ८ जिल्लाका टिम सहभागी रहने छन् । माघ २६ गतेदेखि फागुन ७ गतेसम्म खेल हुने र उक्त खेलमा प्रथम हुनेलाई नगद २ लाख र द्धितीय हुनेलाई एक लाखको व्यवस्था गरिएको छ । चन्द्रनिगाहपुरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्कीले प्रतियोगिताको तयारी पुरा भैसकेको जानकारी दिए ।
एन्फाको क्यालेण्डर अनुसार ७ वटै प्रदेशमा प्रतियोगिा हुन लागेको बताउँदै प्रदेश नं. २ को भने चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित हातेमालो सामुदायिक वन, शेर बहादुर दर्लामी स्मृति खेल मैदानमा हुने जानकारी दिएका छन् । यस प्रतियोगिताले ए डिभिजन हुँदै राष्ट्रिय खेलाडी बन्न सकिने प्रदेश अध्यक्ष कार्कीको भनाई छ । प्रत्येक खेलाडीलाई ८ सयका दरले भता दिइने तथा यातयातको पनि सुविधा रहेको कार्कीले जानकारी दिए । टिम तयारीका लागि प्रत्येक जिल्लालाई ५० हजार रकम दिएको अध्यक्ष कार्कीले बताए ।
यो पनि पढ्नुहोस
आर्मीको फराकिलो जितप्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार नगद तथा उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल दिईने उनले जानकारी दिएका छन । खेल प्रतियोगितामा अनुमानित ६० लाख लाग्ने र एन्फाबाट ३० लाख र चन्द्रपुर नगरपालिकाबाट ३० लाख सहयोग उपलब्ध हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । विगतका बर्षमा हुँदै आएको खेललाई यस बर्ष पनि निरन्तरता दिइएको उनको भनाई छ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले कोभिड १९ का कारण खेल प्रतियोगिता हुन नसकेको बताउँदै प्रभाव कम भएकाले अहिले सहज भएको बताएका छन् ।
चन्द्रपुर नगरपालिकाले खेलमा लगानी गरेको र यसलाई व्यवसायिकता बनाउन खोजेको उनको भनाई छ । लिंग चरणको आधारमा हुने प्रतियोगिताको समुह क अन्तर्गत मनकामना युवा क्लव रौतहट, शम्भुनाथ युवा क्लव सप्तरी, पर्सा फुटवल क्लव पर्सा, मअुवा देवी युवा क्लव बारा रहेका छन् भने समुह ख मा हिम कस्तुरी युवा क्लव सिरहा, यज्ञभुमी युवा समाज धनुषा, बैकखाडी युवा क्लव महोतरी तथा युनिभर्सल युवा क्लव सर्लाहीका टिम सहभागी हुने भएका छन् ।