करिब ५ वर्षपछि बल्ल बन्याे डाेल्पामा दुनै बजार देखि जिल्ला अस्पतालसम्म जाेड्ने पुलःपहिले कै सरकारका पालामा हालेकाे विकासमा जस लिन मुख्यमन्त्री यमलाल डाेल्पामा
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले जिल्ला अस्पताल जोड्ने बेलिब्रिज पुल उद्घाटन गरेका छन् । मुख्यमन्त्री कँडेलले सकारात्मक सोच र सामूहिक प्रयासले मात्रै विकास गर्न सकिने बताए । बजेट भएर मात्रै विकास नहुने भन्दै उनले सबैले आ–आफ्नो तर्फटबाट प्रयास गर्नुपर्ने दावी गरे ।
४ करोड १७ लाखमा बनेको उक्त पुल जिल्लामै सबैभन्दा लामो बेलिब्रिज भएको र यसले जिल्ला अस्पतालसँगै हेलिप्याडसम्म सडक जोड्ने भौतिक पूर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले बताए ।निर्माणको जिम्मा रिडार्क नेपालले लिएको हो । काम सुरु गरेको साढे पाँच महिनामै काम सम्पन्न भएको थियो । ‘कार्यालयको चासो, समन्वय र सक्रियता भयो भने छोटो समयमै धेरै काम गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा यो पुल बनेको छ,’ उनले भने ।
पुल निर्माणकाे शुरूवाती इतिहासः
पुल निर्माणका लागी आ.व २०७७/७८ को बजेटमा प्रदेश सरकारले रकम बिनियोजन गरेको देखिन्छ। सोही अनुसार डि.पि.आर भएको थियो जसमा पूर्व प्रदेशमन्त्री नन्दसिंह बुढाले त्यतिखेर निकै पहल गरेको देखिन्छ । पुल निर्माणका लागि तत्कालिन राजकुमार शर्मा नेतृत्वकाे सरकारले बजेट छुट्याएकाे थियाे पूर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सदस्य विश्वकर्माले समेत विशेष पहल गरेकि थिइन्।पुल निर्माणका लागि जिल्लाका स्थानीय जनप्रतिनिधि,संघ र प्रदेशका सांसद,राजनीतिक दल,नागरिक समाज र जोडदार जनआवाजले पुल निर्माण सम्भव भएको हो। धेरै पहिले देखि गर्न खाेजेकाे तर गर्न नसकेकाे काम यस पटक पूर्वाधार कार्यालयले गरेर निकै राम्राे काम गरेकाे स्थानीय बताउँछन्। पुलकाे लम्बाइ ४८ मिटर रहेकाे छ ।
उता जस लिनकै लागि बनिसकेकाे पुल सञ्चालनमा केहि ढिलाइ गरेर मुख्यमन्त्री कँडेलले आफैँले बजेट हालेर बनाएकाे जस्ताे गरेर भाषण गरे तर अव उनीकै सरकारले अन्य के के विकास गर्न त्याे भने हेर्न बाँकी छ।
जिल्ला सदरमुकाम दुनै बजार देखि जिल्ला अस्पतालसम्म पुल नहुँदा एम्बुलेन्स सम्म नजाने भएपछि विरामी बाेक्नुपर्ने बाध्यता थियाे। लामाे समय देखिकाे जुन समस्या अहिले पनि छ। समस्या निकै भएपछि जिल्लावासी देखि नागरिक समाज अस्पताल प्रशासन सबैले बेलिब्रिज भएपनि निर्माण गर्न ठुलाे आवाज उठाएका थिए। जनताकाे मागअनुसार तत्कालित कर्णाली प्रदेश सरकारकी भाैतिक पूर्वाधार राज्यमन्त्री उर्मिला विश्वकर्माले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट विशेष व्यवस्था भएकोबबजेट कार्यन्वयमा पहल गर्नु भएको थियो। जसमा स्थानीय र संघप्रदेशका जनप्रतिनिधिकाे राम्राे साथ थियाे।