spot_img

प्रचण्डको लोभ र माधव नेपालको कायरताका कारण ओलीले दुस्साहस गरे– गगन थापा

spot_img

नेपाली कांग्रेसका, केन्द्रीय सदस्य गगन थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लोभ, माधव नेपालको कायरता तथा झलनाथ खनाल लगायत नेकपा नेताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको दुस्साहस गरेको आरोप लगाएका छन् ।उनले ओलीलाई दुईतिहाइ बहुमतमा पुयाउन उपेन्द्र यादवको समेत योगदान रहेको टिप्पणी गरे ।नेपाली कांग्रेसद्वारा वीरगञ्जमा आयोजित सभालाई आइतवार सम्बोधन गर्दै नेता थापाले ओली प्रवृत्तिलाई हुर्काउनु र अहिलेको संकट आउनुमा प्रचण्ड र नेपालको पनि उत्तिकै योगदान रहेको आरोप लगाएका हुन् ।

‘प्रचण्डको लोभ, माधव नेपालको कायरता, झलनाथ खनाल, नारायणकाजी लगायतका नेताको लोभ र लालचका कारण ओलीले यो दुस्साहस गरे । ओलीसँग प्रचण्डको भागशान्ति मिलेको भए यो अवस्था आउने थिएन,’ थापाले भने, ‘ओली प्रवृत्तिको उदय हुनुमा प्रचण्ड–नेपाल मात्र होइन उपेन्द्र यादवले पनि योगदान गरे । नेकपाले दुईतिहाइ पाएको थिएन, तथाकथित मधेसवादी दलले पुयाइदिको हो । मधेशको मसिहा बनेका उपेन्द्र र राजेन्द्र महतोले लाइन लागेर ओलीलाई दुईतिहाइ पुयाइदिएको होइन ?’नेता थापाले प्रतिनिधि सभा विघटनलाई सच्याएर चुनावमा जानुको विकल्प नभएको पनि बताए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img