spot_img

दलित जेन जि एलाइन्स अभियानलाइ तिव्रता दिंदैः४ प्रदेशकाे संयाेजक घाेषणा काे काे बने प्रदेश संयाेजकहरू

spot_img

दलित जेन जि एलाइन्स अभियानलाइ तिव्रता दिएकाे छ। एलाइन्स गठन लत्ततै केन्द्रीय कार्यालय खाेल्ने देखि ४ प्रदेशकाे संयाेजक ताेकेर अभियानलाइ तिव्रता दिएकाे हाे। विभिन्न प्रदेशहरू मध्ये कर्णाली प्रदेशकाे संयाेजकमा अभियन्ता अनिता नेपाली बनेकी छन्। सामाजिक क्षेत्रमा आफुलाई अब्बल रूपमा स्थापित गरेकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभबहरु समेत भएकाेले उनकाे भुमिका महत्वपूर्ण हुने अपेक्षा रहेकाे छ।उनले दलित समुदाय र विभिन्न जात,क्षेत्र,लिङ्ग र वर्णका आधारमा गरिएको विभेदका विरुद्धमा निरन्तर आवाज उठाउँदै आउनुभएको छ ।

एलाइन्सले कोशी प्रदेशको संयोजक दिपेश परियार बनेका छन्। उनी पनि दलित समुदायकाे हक अधिकारकाे लागि निरन्तर आवाज उठाइराख्ने र विभिन्न सामाजिक आन्दोलनहरूमा सहभागिता रहँदै आएका छन्।

यस्तै दलित हक अधिकारकाे लागि विभिन्न माध्यमबाट आवाज उठाउनेहरू गण्डकी प्रदेशको संयोजक शिशिर गोतामे,मधेस प्रदेशको संयोजक सुब्बा साहेब कुमार हजारी रहेका छन् भने अन्य प्रदेशमा चाँडै घाेषणा हुने संयाेजक जिवन तिरूवाले जानकारी दिए।

यस्तै केन्द्रीय कमिटी सदस्यमा राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति प्राप्त किक बक्सर(खेलाडी) बिन्दा नेपाली,केन्द्रीय कमिटी सदस्यमा वरिष्ठ पत्रकार अमर मजाकोटी र पत्रकार शिव मजाकोटि लगाएत जाेडिएका छन् भने थपिने क्रम पनि जारी छ।

एलाइन्स प्रतिनिधिले सिंहदरमा गएर संचार,शिक्षा,स्वास्थ्य र कृषी मन्त्रीहरूलाइ  भेटेर माग र मुद्दाहरू उठाउने ध्यानाकर्षण गराउने देखि ज्ञापन पत्र पनि बुझाइरहेका छन्।

एलाइन्सले ललितपुरकाे ग्वार्खाेमा केन्द्रीय कार्यालय स्थापना गरेकाे छ। एलाइन्सकाे कार्यक्रममा दलित नागरिक समाजका अध्यक्ष माेतिलाल नेपाली,डा.मान विके,डा.मित्र परियार,अधिवक्ता त्रिलाेक चन्द विश्वास वि.के लगाएत रहनु भएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img