spot_img

लुम्बिनीका मुख्यमन्त्री आचार्यको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ

spot_img

दाङ, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अर्घाखाँचीस्थित घरमा आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।भदौ २४ को जेनजीको आन्दोलन क्रममा सन्धिखर्क नगरपालिका– १ हटारीस्थित मुख्यमन्त्री आचार्यको घरमा तोडफोड र आगजनी भएको थियो।

त्यसविरुद्ध मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले असोजमा ११ जनाविरुद्ध जिल्ला अदालतमा किटानी जाहेरी दिएकी थिइन्।त्यो जाहेरीको आधारमा जिल्ला अदालतले उनीहरुलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो ।

सोही पक्राउ पुर्जीका आधारमा प्रहरीले बुधबार तीन जनालाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी इन्स्पेक्टर झलकप्रसाद शर्माका अनुसार पक्राउ परेका मध्य दुई जना व्यवसायी र एक जना भुपू सैनिक रहेको अनुसन्धानबाट खुलेको छ।

बुधबार पक्राउ परेका तीन जनालाई बिहीबार म्याद थपका लागि प्रहरीले जिल्ला अदालतमा पु¥याएको प्रवक्ता शर्माले बताए ।प्रहरीले पक्राउ गरेकाहरुमा सन्धिखर्क नगरपालिका–२ भक्तिटोलका ३३ वर्षीय पुष्कर पौडेल भनिने पुष्पलाल गौंडेल वर्कशप चलाउँछन्।

सन्धिखर्च नगरपालिकाका – २ घोचेखोलाका २९ वर्षीय गुरुदेव भनिने गुरुप्रसाद खनाल पनि आफ्नै वर्कसप चलाउँछन्।पक्राउ परेका अर्का सन्धिखर्क –२ का ३९ वर्षीय चुडामणि ढुंगाना भुतपूर्व नेपाली सैनिक रहेको प्रहरीले जनाएको छ।

दीपा आचार्यले आफ्नो घर तोडफोड र आगजनी गर्ने कार्यमा पक्राउ परेका खनाल, गौंडेल र ढुंगानालाई मुख्य योजनाकार भनेर किटानी जोहरी दिएकी थिइन्।मुख्यमन्त्री आचार्यकी श्रीमती दीपा आचार्यले थप ९ जनाविरुद्ध पनि किटानी जाहेरी दिएकी थिइन्।

जस्मा सन्धिखर्कस्थित पश्चिमाञ्चल बस समितिका कर्मचारी कमल घिमिरे, सन्धिखर्क नगरपालिका–१० धरमपानीका कुशल चुँदाली, सोही वडाका अर्जुन चुँदाली, वडा ३ अलुवाखोलाका सुन्दर भारती, सन्धिखर्कका विशाल कँडेल, सन्धिखर्क –२ का माधव भण्डारी, मदन परियार, पुल्चोकका विनोद मगर छन्।

उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।पक्राउ परेकाहरु माथि बिहीबार म्याद थप भइ सके पछि थप अनुसन्धान सुरु हुने प्रहरीले बताएको छ।प्रहरी प्रशासनको क्षति विवरणमा आर्चायको घरमा भएको तोडफोड र आगजनीबाट आधा करोड बढी क्षति भएको उल्लेख छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img