spot_img

गृहमन्त्री अर्याललाई गुरुङले भने, काम गर्न सक्नु भएन, पदमा टाँसिएर नबस्नु

spot_img

काठमाडौं, जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्। गुरुङले सामाजिक मार्फतमा लेख्दै उनले गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’ भनेका हुन्।

ʻहाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश १ तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन,ʼ उनले लेखेका छन्,ʻदेशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।ʼ

गुरुङले गृहमन्त्रीले काम गर्न नसकेको भन्दै पदमा टाँसिएर नबस्न पनि आग्रह गरेका छन्। उनले लेखेका छन्,ʻसहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्। ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।ʼगुरुङले करोडौँ अट्याक सहन तयार रहेको भन्दै गृहमन्त्रीबाट आशा मरिसकेको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img