काठमाडौं ,भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्ग पोखरामा निर्माण भइरहेका विकास निर्माणका आयोजनाहरु समयमानै सम्पन्न गर्न निर्देशन दिएका छन् ।आज (सोमवार) पोखरामा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पोखरा अन्तर्गतका डिभिजन प्रमुख, आयोजना प्रमुख तथा निर्माण व्यवसायीहरुसंग यस क्षेत्रका पछिल्लो प्रगतीको जानकारी लिनुका साथै आयोजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।त्यस्तै मन्त्री नेम्वाङ्गले प्रत्येक योजनाहरु कार्य योजना बनाएरै अगाडी बढाउन निर्देशन दिएका छन् ।
पोखरा काठमाडौंपछिको महत्वपूर्ण शहर भएकाले यस क्षेत्रका सडक सुन्दरीकरणको कामलाई तीब्र बनाउन निर्देशन दिँदै त्यहि भएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस क्षेत्रमा ठूलो बजेट विनियोजन गरिएको समेत उल्लेख गरे ।छलफलमा भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, सुई देवकुमार तामाङ, डिभिजन प्रमुखहरु, आयोजना प्रमूखहरु तथा निर्माण व्यवसायीहरु सहभागी रहेको थियो ।