spot_img

रनवेको लाइट बिग्रिँदा त्रिभुवन विमानस्थल ५ घण्टा ठप्प,डाइभर्ट जहाज किन गएनन् भैरहवा ?

spot_img

रनवेको लाइट (एभरफिल्ड लाइटिङ सिस्टम) बिग्रिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच घण्टासम्म उडान र अवतरण ठप्प भएको छ । शनिबार बिहान करिब ८ बजेदेखि नै लाइट बिग्रिएकोमा दिउँसो २ः३० बजेदेखि ३ः३० सम्म मर्मतका लागि तथा अपराह्न ५ः३० बजेदेखि राति ९ः३० सम्म अँध्यारोका कारण उडान र अवतरण रोकिएका हुन् ।

पाँच घण्टामा आन्तरिकतर्फ १७ उडान र नौ अवतरण रद्द भए भने तीन अन्तर्राष्ट्रिय जहाज ‘डाइभर्ट’ हुनुप¥यो । दोहाबाट आएको कतार एयरलाइन्स नेपाली आकाशमा ३४ फन्को लगाउँदा पनि अवतरण हुने अवस्था नबनेपछि ढाका फर्किएको थियो । त्यस्तै, सिओलबाट आएको कोरियन एयरलाइन्स १३ फेरो मारेर दिल्ली पुगेको थियो । दुबईबाट आएको फ्लाई दुबई पनि ११ चक्कर लगाएर लखनउ फर्किनुपरेको थियो । दिल्लीबाट काठमाडौं आउने सेड्युल रहेको स्पाइस जेटले उडान नै रद्द ग¥यो । आन्तरिकतर्फ जनकपुरबाट आएको बुद्ध एयरको जहाज जनकपुर नै फर्कियो भने सुर्खेतबाट आएको बुद्ध एयरकै अर्को जहाज पोखरा डाइभर्ट गरिएको थियो ।

बिग्रिएको बत्ती मर्मतका लागि दिउँसो एक घण्टा तथा अँध्यारो भइसक्दा पनि मर्मत हुन नसकेपछि राति ९ः३० बजेसम्म चार घण्टा विमानस्थल ठप्प भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘दिउँसोदेखि खटिएका प्राविधिकहरूले राति ९ः३० बजे मर्मत सकेर बत्ती बालेपछि ९ः४० देखि विमानस्थल पुनः सञ्चालनमा आयो, सबैखाले उडान र अवतरण खुलिसकेका छन्,’ उनले भने । विमानस्थलको विद्युत् सर्किट ब्रेक भएर लाइटिङ सिस्टममा समस्या आएको अनुमान गरिएको र अनुसन्धानपछि यकिन हुने भुलको भनाइ छ । उनका अनुसार आंशिक रूपमा मात्रै बत्ती बलेका थिए । साढे १३ घण्टापछि मात्रै बत्ती पूर्ण क्षमतामा बलेका थिए ।

सामान्यतः बिहान र दिउँसो भिएफआर प्रणालीमा उडान र अवतरण हुने हुँदा लाइटिङ आवश्यक हुँदैन । तर, घाम अस्ताएपछि भने आइएफआर प्रणालीमा उडान अवतरण हुने भएकाले लाइटिङ चाहिन्छ । साँझसम्म पनि बत्ती नबलेपछि उडान अवतरण नै रोकर मर्मत गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । ‘साँझसम्म पनि बत्ती नबलेपछि सूचना नै जारी गरेर साढे ५ बजेदेखि विमानस्थल बन्द गरेर समस्या समाधानको काम थालियो,’ उनले भने, ‘साढे ९ बजेपछि समस्या समाधन भयो, बत्ती बल्यो र उडान अवतरण पुनः सुरु गरियो ।’

दर्जनौँ जहाज रद्द र डाइभर्ट हुँदा सयौँ यात्रु अलपत्र परे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ४५० भन्दा धेरै उडान तथा अवतरण हुन्छ । जसमा ३०० देखि ३५० आन्तरिक तथा ९० देखि सय अन्तर्राष्ट्रिय हुन्छन् । जहाँ १५ हजारभन्दा धेरैले यात्रा गर्छन् ।

डाइभर्ट जहाज किन गएनन् भैरहवा ?
हाल भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छन् । तर, त्रिभुवन विमानस्थल बन्द हुँदा यी विमानस्थलमा जहाजहरू किन डाइभर्ट भएनन् भनेर प्रश्न उठेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img