सोमबार डोल्पा जेन जि युवाहरूको टोलिले गृहमन्त्री ओमप्रकाश अर्याललाई भटेर सरकारलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापन पत्र बुझ्दै गृहमन्त्री अर्यालले हिमाली जिल्लाका तर्फबाट आएको जेन जि हरुको मागलाई गम्भीर रुपमा लिएको बताँदै धो मा इलाका प्रशासन खोल्ने विषयमा जानकार भएको बताए । सबै मागहरूलाई जिम्मेवार मन्त्रालयहरु समक्ष पुर्याउने जानकारी दिनुभएको छ।
यस्तो छ ज्ञापन पत्र जस्ताको तस्तै
मिति:२०८२/०७/२४
नेपाल सरकार
गृह मन्त्रालय
सिंहदरबार,काठमाडौँ
सम्माननीय प्रधानमन्त्री तथा मा.मन्त्री ज्यूहरु,
“ज्ञापन पत्र”
मिति २०८२,भदौँ २३ र २४ गते जेनजी उमेर समुहका युवापुस्ताले भ्रष्ट्राचार विरुद्ध, र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा स्वःत स्फूर्त रुपमा भएको ऐतिहासिक जन बिद्रोहमा ज्यान गुमाउने सबै शहीदहरुको मृतआत्माको चीर शान्तिको कामना सहित भावपुर्ण श्रद्धान्जली एवं शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ । घाईतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना पनि व्यक्त गर्दछौँ ।
उक्त विद्रोहले जेनजीहरुको हातमा सत्ता आएपछि त्यसलाइ नयाँ सत्ताको स्वरुपका रुपमा व्यवस्थित गर्न प्रतिनिधिसभा विगठन गरी पूर्व प्रधानन्यायाधिश शुसिला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको सर्वविदितै छ । वर्तमान सरकारलाई जेनजी युवापुस्ताहरुले विभिन्न माग राख्दै छलफल तथा सुझाव राख्नेक्रम जारी छ । यसै विचमा उक्त जेनजी विद्रोहमा ७४ जना जेनजीहरु सहादत प्राप्त गरेको र २४ सय भन्दा बढी घाइते भएका छन् । सो समयमा सान्तिपुर्ण आन्दोलनमा डोल्पालि जेन जि हरूको पनि आन्दोलमा सहभागीता र जेन जिका मगहरु प्रति समर्थन रहेको जानकारी गराउँछौँ। यसै सन्दर्भमा सम्पूर्ण जिल्लावासी जेन जि हरुको तर्फबाट तपशिल बमोजिमका निम्न मागहरु सम्माननीय प्रधानमन्त्री तथा मन्त्री ज्यूहरुमा पेश गर्दछौँ ।
हाम्रा मागहरुः
१) जेन जी आन्दोलनमा सहादत प्राप्त गर्ने ७४ जना सहिदहरुलाइ राष्ट्रिय जेन जी सहिद घोषण गरियोस्, साथै मृतकका परिवारलाइ उचित क्षतिपूर्ती सरकारले तत्काल उपलब्ध गराईयोस् । जेनजीले राखेका सम्पूर्ण मागहरु पुरा अक्षरस यथाशिघ्र पुरा गरियोस् ।
२) २४०० भन्दाबढी घाइतेहरु अहिले पनि विभिन्न अस्पतालको बेडमा छटपटाइरहेको अवस्था छ, उनीहरुलाई निःशुल्क स्वास्थ्य उपचारको ग्यारेन्टीको साथै रोजगारीको पनि पूर्ण शुनिश्चितता गरियोस् ।
३) शान्तिपूर्ण जेनजी प्रर्दशनका क्रममा निर्दोष युवाहरुमाथी क्रुरता पूर्वक गोली हानी हत्या गर्नेलाई तत्कालीन गठित छानवनि आयोगले घटनाको निष्पक्ष छानविन गरि दोषी उपर हदैसम्मको कडा कानुनी कारवाही गरियोस् ।
४) अन्तरिम सरकारले गर्ने संवैधानिक र कुटनितीक नियुक्तीहरुमा समानुपातिक समावेशीताको आधारमा दुर्गमबाट पनि समावेश गरियोस् ।
५) डोल्पा जिल्लाको भेरीकरिडोर सडक अन्तर्गत दुनै–काइके–धो सडक खण्डमा,ड्रिलिप योजना (वि .स.२०६८) देखि हालसम्म करोडौं करोड बजेट परेर बाटो नबनेको र त्यतिखेर नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दाको तुरुन्त छानविन अगाडी बढाइयोस्। यो मुद्दा अख्तियारले तामेलीमा राखेकोले नेपाल प्रहरीको केन्द्रीय अन्युसन्धान व्युरो सीआइवी मार्फत अनुसन्धान होस्। (त्यसको फाइल कपी हामीसंग भएकोले सरकारलाइ उपलब्ध गराएर सहयोग गर्न तयार रहेको पनि जानकारी गराउँदछौँ)
६) डोल्पाको मसिनचौर विमानस्थल बनेर पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। राज्यको अर्वौ लगानी गरेर बनेको उक्त विमानस्थल प्रायोजन भन्दा पनि निश्चित ठेकेदारलाइ पैसा कमाउनकै लागि बनाएको भन्ने व्यापक जनगुनासो भएकोले सोको पनि अनुसन्धान गर्नलाइ लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष सहजीकरण गरिदिनहुन माग गर्दछौैं।
७)डोल्पा जिल्लाबाट हालसम्म अख्तियारमा परेका सबै योजनाहरु,कार्यालय गत मुद्दा,स्थानीयतहहरुका मुद्धाहरुको अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष निष्पक्ष र चाँडो अनुसन्धानका लागि सहजीकरण गरिदिनहुन माग गर्दछौँ।
८) डोल्पाका धेरै गाउँहरुमा अहिले पनि मोबाइल नेटवर्कको सुबिधा नपुगेको र पुगे पनि बिग्रने समस्याहरु समाधान गरियोस्।
९)समग्र डोल्पा जिल्लामा सडकहरु स्तरउन्नति गर्न बजेट ब्यवस्थापन देखि भेरि करिडोर अन्तर्गतको जिल्ला सदरमुकाम दुनै-ल्यासिक्याप-धो उपल्लो डोल्पासम्मको बाटो चांडो सम्पन्न गर्न पहल गरिदिनहुन,मुस्ताङ डोल्पा सडक स्तरउन्नतिका लागि जोडदार माग गर्दछाैं।
हाम्रा मागलाइ गम्भीरताका साथ राज्यले लिन्छ भन्ने विश्वास छ। यदि हाम्रा मागलाई गम्भीरतापूर्वक सरकारले नलिए डोल्पाली आम नागरिक देखि जेन जि युवाहरु जिल्ला देखि काठमाडौँमा समेत कडा आन्दोलन गर्न बाध्य हुने समेत जानकारी गराउँदछौँ।
डोल्पा जिल्लाका सम्पूर्ण जेन जि युवाहरुको तर्फबाट