spot_img

कम्युनिष्टहरूकाे ठुलाे एकता केन्द्र बन्दै नेकपाःभीम रावलको इन्ट्रीले थपियो उत्साह,ओलीलाई प्रचण्डको जवाफ जेनजी युवाहरूको हत्या गर्नेले हामीलाई वृद्ध आश्रम भन्नु हास्यास्पद

spot_img

माओवादी र एकीकृत समाजवादी लगायत १२ वटा घटक मिलेर बनेको नयाँ दल ‘नेपाली कम्युनिष्ट पार्टी’ ले सुदृढ र अनुभवी नेतृत्वपङ्क्ति तयार गरेको छ । पार्टीको प्रमुख नेतृत्वमा ३ जना पूर्वप्रधानमन्त्री र ३ पूर्वसभामुख छन् ।तीनपटक प्रधानमन्त्री बनिसकेका पुष्पकमल दाहाल प्रचण्ड नेकपाका प्रमुख कमाण्डर हुन् । उनलाई पार्टीको संयोजक बनाइएको छ । यस्तै, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ‘सेकेन्डम्यान’ का रुपमा सहसंयोजक बनेका छन् । संयोजक र सहसंयोजकबाहेक अरु पदाधिकारी बनाइएको छैन ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि अन्तिम क्षणमा नेकपामा आबद्ध भए । त्यसो त उनी एमालेमा जान बढी इच्छुक थिए । अघिल्लो राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका खनाल उनीसँग सकारात्मक कुरा गरी भोलिपल्ट नेकपातिर लागे । निर्वाचन, आन्तरिक राजनीति लगायतको विषयमा प्रतिवेदन तयार गर्न गठन गरिने उच्चस्तरीय कार्यदलको नेतृत्व उनलाई दिइने तयारी छ ।

राष्ट्रवादी नेताको छवि बनाएका पूर्वउपप्रधानमन्त्री भीम रावल आज नेकपामा औपचारिक प्रवेश गरे । प्रचण्डले कसिलो अङ्कमाल गर्दै रावललाई स्वागत गरेका थिए । उनको इन्ट्रीले पार्टीपङ्क्ति निकै उत्साहित देखिएको छ । राष्ट्रियताका मुद्दाहरूमा प्रखर रुपमा प्रस्तुत हुँदै आएका रावल पार्टीमा आउँदा जनमतको एउटा हिस्सा प्रभावित बन्ने आशा नेताहरूले लिएका छन् ।

पार्टीमा थप तीन पूर्वउपप्रधानमन्त्रीहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पनि छन् । वरीयतामा प्रचण्ड र माधवपछि क्रमशः झलनाथ, वामदेव र नारायणकाजी रहने बुझिएको छ । आज प्रवेश गरेका रावलले छैटौं वरीयता पाउनेछन् ।

त्यसो त पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन तथा पूर्वसभामुखत्रय अग्नी सापकोटा, ओनसरी घर्ती र कृष्णबहादुर महरा पनि यही पार्टीमा छन् । उनीहरूको पोजिसन र वरीयताबारे स्पष्ट भएको छैन । सम्भवतः हाइकमाण्डमै समेटिने छन् । यसैगरी महिला कोटाबाट पम्फा भुषाललाई पनि हाइकमाण्डमा ल्याइने सम्भावना छ । महरा भने अहिले जेलमा छन् ।

प्रचण्डले नेतृत्व गरेको भए पनि नेकपाको शीर्ष तहमा पूर्वएमाले नेताहरूको बलियो उपस्थिति छ । माधव, झलनाथ, वामदेव र भीम पूर्वएमाले हुन् । यसअघि एमाले र माओवादी मिलेर बनेको नेकपाको सचिवालयका ९ जनामध्ये ५ जना नेकपामा अटाएका छन् ।

तुलना गर्ने हो भने अहिले एमालेभन्दा नेकपाको नेतृत्वपङ्क्ति बढी वजनदार छ । एमालेमा पूर्वप्रधानमन्त्री अध्यक्ष ओली मात्रै हुन् । पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा ‘कमब्याक’ गर्न इच्छुक भए पनि ओलीले ‘इन्ट्री’ दिएनन् । झलनाथलाई भित्र्याउन पनि चासो देखाएनन् । फलतः एमालेले दुई ‘हेभिवेट’ नेताहरू गुमाएको छ ।

ओलीलाई प्रचण्डको जवाफ– जेनजी युवाहरूको हत्या गर्नेले हामीलाई वृद्ध आश्रम भन्दैछन्
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष ओली ओलीले आफ्नो पार्टीलाई वृद्ध आश्रम भनेकोप्रति असन्तुष्टि जनाएका छन्।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्ने समारोहमा बोल्दै जेनजी युवाहरूले शान्तिपूर्ण आन्दोलन गर्दा हत्या गर्नेले आफूलाई वृद्ध आश्रम भनेको भन्दै आक्रोश पोखे। ओलीले सोमबार एक कार्यक्रममा बोल्दै नेकपालाई वृद्धा आश्रमसँग तुलना गरेका थिए।

त्यसको जवाफ दिँदै उनले भने, जेनजी युवाहरू भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेहरूले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, जसले युवाहरूलाई सम्मान गरेको छ।

अब जेनजी युवाहरूले बिस्तारै बुझ्दै जाने बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img