spot_img

मलाई त गृहमन्त्री अर्याल एमालेको हो कि जस्तो लाग्न थाल्यो छ,गुरुङ

spot_img

काठमाडौं, हामी नेपालका संयोजक सुदन गुरुङले ओमप्रकाश अर्याल एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको टिप्पणी गरेका छन् ।नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा बिहीबार लैनचौर पुगेका गुरुङले भने, ‘उहाँ जेनजी आन्दोलनको बलमा गृहमन्त्री बन्नुभएको हो । अहिले आन्दोलनकारीलाई पक्राउ गरिरहनुभएको छ । जेनजीका माग सम्बोधन नगरेको देख्दा उहाँ एमालेको गृहमन्त्री हो कि जस्तो लाग्न थालेको छ ।’

गृहमन्त्रीले चुनाव–चुनाव मात्र भनिरहेकोले उहाँप्रति शंका उत्पन्न भएको गुरुङको भनाइ छ । उनले भने, ‘गृहमन्त्री अर्याल खाली चुनाव–चुनाव मात्र भनिरहनुभएको छ । जेनजीका माग पूरा नभई कसरी चुनावमा जान सकिन्छ ?’

जेनजीका माग चुनाव मात्र नभएको उनले बताए । ‘गृहमन्त्रीको एजेन्डा चुनाव मात्र होला । तर हाम्रो एजेन्डा देशले न्याय पाउनुपर्छ भन्ने हो । जेनजी आन्दोलनकारीलाई न्याय दिलाउने कुरामा उहाँ (गृहमन्त्री) ले जिम्मा लिनुपर्छ ।’

जेनजी आन्दोलन समाप्त भएलगत्तै जंगीअड्डादेखि राष्ट्रपति कार्यालयसम्म मध्यस्थकर्ताको भूमिकामा गृहमन्त्री अर्याल नै रहनुभएकोले उहाँले अहिले धोका दिन नमिल्ने गुरुङको तर्क थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img