spot_img

सोमबारदेखि एनपीएल, फ्लडलाइटको काम केहि बाँकी

spot_img

काठमाडौँ — २०८१ साल असारमा केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले गरेको पहिलो निर्णय थियो, ‘३ सय दिनभित्र त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दर्शक बस्न मिल्ने प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट जडान गर्नेलगायत आवश्यक संचरना बनाउने ।

सम्झौताअनुसार काम भएको भए वैशाख २४ गते सबै काम सकिएर रातिमा पनि खेल खेलाउन मिल्ने व्यवस्थित संरचना बनिसकेको हुन्थ्यो । तर, समयमा काम नसकिएपछि पटकपटक म्याद थप हुँदा समेत रंगशालामा पुनर्निर्माणको काम सकिएको छैन । केही दिनअघि प्यारापिटको काम सकिए पनि फ्लडलाइटको काम अझै बाँकी छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाउने गरेर खेलतालिका आइतबार सार्वजनिक गरिसकेको छ । तीन दिनपछि मंसिर १ देखि एनपीएल हुँदै छ । तर, फ्लडलाइटको काम सकिने कुरा अनिश्चित बन्दै गएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img