spot_img

गगन थापाकाे आक्राेशःयाे पार्टी देउवाकाे पेवा हाेइन भन्दै नियमित नगर्ने हो भने मंसिरको विशेष महाधिवेशनले सभापति छान्ने दावी

spot_img

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि पार्टीको नियमित महाधिवेशन गर्न नसक्ने निष्कर्ष पार्टीले निकाल्ने हो भने विशेष महाधिवेशनले नयाँ सभापति निर्वाचित गर्ने बताएका छन् ।केन्द्रीय कार्य समिति बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा महामन्त्री थापाले नियमित महाधिवेशन गर्ने समय पर्याप्त रहे पनि नेताहरू र बहुमतले नमान्ने हो भने विशेष महाधिवेशन हुने बताए ।

थापाले भने– ‘नियमित महाधिवेशन गर्न नसक्ने तपाईँहरूको निर्णय हो भने विशेष महाधिवेशन पुस २७ मा हुन्छ । विशेष महाधिवेशन त रोक्न सकिँदैन । विशेष महाधिवेशनले सभापति छान्छ । सभापतिले अब कार्यवाहक दिएर बिदा भइसक्नुभएको छ ।’सभापति देउवा मङ्सिरमै महाधिवेशन गर्न तयार भएर वक्तव्यमा लेख्न तयार हुँदा केही नेताले रोकेको आरोप समेत थापाले लगाए ।

उनले विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरू फर्जी भएको भनी लगाइएको आरोपको खण्डन गर्दै रुजु गर्न चुनौती पनि दिए ।

एमालेसँग मिलेको सम्झिँदै देउवालाई गगनले भने–पार्टी तपाईँको प्राइभेट कम्पनी हो ?
नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले आफूले एमालेसँग मिल्नै हुँदैन भनेर अडान राख्दा सभापति शेरबहादुर देउवाले नमानेको बताए। सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै सभापतिलाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो ? भनेर सोधेको स्मरण गरे।

उनले भने, ‘कुनै पनि हालतमा कांग्रेस एमालेको सरकार बनाउनु हुँदैन भनेर भनेकै हो। गठबन्धनको कुरा मैले पत्रिकामा पढेर थाहा पाएको, मैले सभापतिको घरमा भनेको मैले तपाईँको प्राइभेट कम्पनी हो यो भनेर ? तपाईँले निर्णय गर्ने भोलिपल्ट हामीलाई बताउने ? तपाईँहरूले हेर्दै गर्दा बुढानीलकण्ठमा पदाधिकारी बसिरहेका छन् भन्ने हुन्थ्यो। हाम्रो हालत त हामीलाई थाहा थियो।’

उनले सभापतिले भइहाल्यो भाइ भनेपछि मैले मान्नु नै गल्ती भएको बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img