spot_img

आउँदै छ एनपीएल उत्सवःअर्थतन्त्र चलाएमान बनाउने देखि ३ लाख बढी दर्शक उत्रिने अनुमान

spot_img

काठमाडौँ — ‘इतिहासमा यति धेरै लगानी कहिल्यै पनि भएको छैन, अब के हुन्छ भन्नेचाहिँ छ,’ नेपाल प्रिमियर लिग (एनपीएल) को पूर्वसन्ध्यामा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का खेलकुद पत्रकारसँग अन्तरक्रिया गर्दै थिए । ६० भन्दा बढी कर्पोरेट हाउस प्रत्यक्ष जोडिएकाले एनपीएल नेपालीहरूका लागि एउटा उत्सवका रूपमा रहेको उनको भनाइ थियो । नेपालका पूर्वकप्तानसमेत रहेका पारस अब एनपीएललाई पनि दसैं, तिहारलगायतका पर्वजस्तै मनाउनुपर्ने बताइरहेका थिए ।

लामो समयदेखि चलायमान बन्न नसकेको अर्थतन्त्रमा प्राण भर्ने ‘आशाको दियो’ बनेको छ, एनपीएल । पहिलो संस्करणमै ख्याति र ठूलो लोकप्रियता कमाएको एनपीएलको दोस्रो संस्करणले पनि लाखौं दर्शकको माया पाउने निश्चितप्रायः छ । ठूला व्यावसायिक घरानाको लगानी, पर्यटन प्रवद्र्धन र विज्ञापन बजारको विस्तारसँगै एनपीएलले रोजगारी, व्यापार र राजस्व वृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने देखिएको छ । यसकारण पनि एनपीएललाई सुस्त अर्थतन्त्र चलायमान बनाउन विशेष राहत प्याकेज ‘माइक्रो इकोनोमिक स्टिमुलस’ का रूपमा हेरिएको छ ।

अहिले अर्थतन्त्र शिथिल रहेका बेला एनपीएलले एक अर्बभन्दा धेरैको आर्थिक कारोबार गराउनेछ । यसले अर्थतन्त्र चलायमान मात्र बनाउने छैन, रोजगारी सिर्जना, उपभोगमा वृद्धि र लगानी आकर्षणमार्फत घरेलु अर्थतन्त्रलाई सक्रिय बनाउनेछ । यसले लगानीकर्तालाई आँट र भरोसा पनि दिनेछ । एनपीएल नजिकिएसँगै अर्थतन्त्रमा पनि सरगर्मी बढेको छ । धमाधम भइरहेका होटल बुकिङ, ठूलो संख्यामा जर्सीको व्यापार, फ्रेन्चाइजहरूद्वारा भइरहेको प्रचारप्रसार तथा ब्रान्डिङ र बढ्दो व्यावसायिक घरानाको आबद्धताले देशकै अर्थतन्त्रमा आशा जगाएको छ ।

एनपीएलमा उत्कृष्ट बन्ने लक्ष्यसहित यति बेला हरेक टिम प्रतिस्पर्धाको अन्तिम तयारीमा जुटेका छन् । यसका लागि काठमाडौं उपत्यकासँगै पोखरा, विराटनगरलगायत मुख्य सहरका होटलहरू भरिभराउ छन् । उपत्यका बाहिरका दर्शकहरूले पनि खेल हेर्न काठमाडौं आउनका लागि होटल बुकिङ गरेका छन् ।

आठ करोड बढीको टिकट बिक्री हुने अनुमान

यस वर्ष टिकट बिक्रीबाट मात्र करिब ८ करोडभन्दा बढी आम्दानी हुने क्यानको अनुमान छ । गत वर्ष करिब साढे ४ करोड रुपैयाँ टिकट बिक्रीबाट आम्दानी गरेको क्यानले यस वर्ष त्यो आय दोब्बरभन्दा बढी हुने अनुमान गरेको छ । यस वर्ष सुविधा सम्पन्न रंगशाला भएकाले क्यानले खेल र स्थानअनुसार टिकटको मूल्य तोकेको छ ।

एनपीएलको टिकट बिक्री सोमबार रातिबाटै खुला गरिएको छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरमा हुनेछन् । उद्घाटन खेल काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेलको टिकट बिक्रीका लागि खुलेको २४ घण्टाभित्रैमा सबै सकिएका थिए । पहिलो दिनको टिकट दर साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार ५ सय रुपैयाँ राखिएको छ । राउन्ड रोबिन लिगमा अन्य दिनको टिकट दर ५ सय र एक हजार तोकिएको छ । एउटै टिकटले दुवै खेल हेर्न पाइनेछ ।

प्लेअफको एक हजार र दुई हजार (प्रिमियम) तोकिएको छ । सिजनल टिकटतर्फ १५ हजार रुपैयाँ तोकिएको छ । सिजनलमा २० प्रतिशत छुट दिइएको जनाइएको छ । क्यानले खल्ती एपबाट टिकट बिक्री गरिरहेको छ ।

जर्सीको बिक्री ह्वात्तै बढ्यो

गत वर्षको तुलनामा यस वर्ष जर्सीको माग ह्वात्तै बढेको फ्रेन्चाइजहरूले बताएका छन् । उनीहरूका अनुसार गत वर्षभन्दा कम्तीमा पनि दोब्बर बढी जर्सी बिक्री हुने देखिएको छ । पोखरालगायत केही फ्रेन्चाइजहरूले कन्सर्ट नै गरेर जर्सी बेचिरहेका छन् भने केहीले आधिकारिक विक्रेता र अनलाइनमार्फत पनि ठूलो संख्यामा जर्सी बिक्री गरिरहेका छन् । १ हजारदेखि २ हजार मूल्य तोकेर फ्रेन्चाइजले आफ्नो जर्सी बिक्री गरिरहेका छन् । क्यानले यस वर्ष पनि करिब एक सय कर्मचारी र त्यत्तिकै संख्यामा स्वयंसेवक परिचालन हुने बताएको छ ।

तीन लाख बढी दर्शक उत्रिने

क्यानका अनुसार गत वर्ष हरेक दिन औसतमा ५ हजार दर्शकले कीर्तिपुर रंगशालामै उपस्थित भएर खेल हेरेका थिए । यसका आधारमा उक्त सिजनमा डेढ लाख बढी दर्शकले प्रत्यक्ष रूपमा रंगशालामा उपस्थित भएरै खेल हेरेका थिए । ‘यस वर्ष रंगशालाको पुनर्निर्माण गरिएको छ । फ्लड लाइटहरू राखिएका छन् ।

दर्शकका लागि पनि कुर्सीको व्यवस्था गरिएको छ । १० हजार दर्शक क्षमताको सुविधा सम्पन्न रंगशाला बनाइएको छ । यसका आधारमा पनि यस वर्ष ३ लाखभन्दा बढी दर्शकले रंगशालामा नै उपस्थित भई प्रत्यक्ष खेल हेर्ने क्यानको अनुमान छ । युट्युबलगायत सामाजिक सञ्जालमा गत वर्ष १५ करोड बढीले खेल हेरेकामा यस वर्ष दोब्बर हुने अनुमान क्यानका प्रवक्ता लामाको छ ।कान्तिपुरकाे सहयाेगमा

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img