spot_img

च्याम्पियन जनकपुर बोल्ट्स काठमन्डु गुर्खाजसँग ५ विकेटले पराजित

spot_img

आजबाट सुरु भएको सिद्धार्थ बैंक एनपीएलको दोस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई काठमन्डु गुर्खाजले पराजित गरेको छ ।टीयू क्रिकेट मैदानमा साँझ भएको खेलमा काठमन्डु गुर्खाज ५ विकेटले विजयी भएको हो । १३१ रनको लक्ष्य काठमन्डुले १२ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो ।

काठमन्डुको जितमा ब्रेन चाल्र्सवर्थले सर्वाधिक रन बनाए । २३ बलमा ३ छक्का र पाँच चौकाको मद्दतमा उनले ४६ रन जोडे । त्यस्तै आकाश त्रिपाठीले ३६ रनको योगदान दिए । मिलिन्द कुमारले १९ तथा जोन सिम्पसनले १३ रन बनाए ।

टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा १३१ रनको सामान्य लक्ष्य दिएको थियो । उसका लागि मार्की प्लेयर आशिफ साहले अर्धशतकीय पारी खेलेका थिए भने मयन यादवले ३४ रन बनाएका थिए । काठमन्डुका मिलिन्दले आज तीन विकेट लिन सफल भए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img