spot_img

एनपीपएलमा आजःचितवन राईनोजसँग कर्णाली याक्स र विराटनगर किङ्ससँग पोखरा एभेन्जर्स भिड्दै

spot_img

आज (मङ्गलबार) नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट मैदानमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राईनोज र कर्णाली याक्स भिड्नेछन् ।

त्यस्तै, दिउँसो ४ बजेबाट सुरु हुने दोस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्ससँग खेल्नेछ । चारै टोली आजको खेलबाट प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यमा हुनेछन्।

सोमबारबाट सुरु भएको लिगमा काठमाण्डु गुर्खाजले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ । त्यो जितसँगै गुर्खाजले अङ्क तालिकामा दुई अङ्क जोडेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img