नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको उत्साह: टिकट नपाएको भन्दै आक्रोशित दर्शक,पहिलो दिन भित्र र बाहिरको माहोललाई तस्वीरमा हेर्दा:
पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति छ । तर टिकट नपाएर हजारौं दर्शकहरु बाहिरै रहन बाध्य भए।
टिकट कतै छैन,भित्र सिट हुँदा पनि टिकट नपाएको भन्दै क्रीकेट समर्थकहरु आक्रोशित बनेका थिए।
कोहि रुखमा चढेर हेरेका थिए भने कसैले ब्लाकमा टिकट बिक्री भएको भन्दै क्यानलाइ सुधार गर्न सुझाव दिइ रहेका थिए।


















