चितवनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा टस जितेर कर्णाली याक्सका लागि ब्याटिङमा बोलाएको हो ।चितवनबाट कुशलसहित, देव खनाल, सैफ जैब, अजुर्न साउद, रबि बोपारा, डेबिड मलान, दीपक बोहोरा, विपिन आचार्य, कलमसिंह ऐरी, रिजन ढकाल, सोहेल तान्बिर प्लेयिङ ११ मा खेलिरहेका छन् ।
जैब गत सिजनमा सुदूरपश्चिमबाट खेल्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए । इंग्ल्यान्डबाट खेलिसकेका अनुभवी मलानले पहिलो पटक एनपीएल खेल्न लागेका हुन् ।चितवनले गत वर्ष इमर्जिङ प्लेयरमा चुनिएका स्पिनर विपिन शर्मालाई प्लेइङ टोलीमा राखेको छैन । कर्णालीका गत सिजनका हिरो विलियम बोसिस्टो पनि कर्णालीको प्लेयिङ ११ मा छैनन् ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीमा पवन सर्राफ, म्याक्स ओ’डड, अर्जुन घर्ती, नजिबुल्ला जाद्रन, प्रियांक पञ्चल, गुलशन झा, मार्क वाट, नन्दन यादव, युनिस विक्रम सिंह, युवराज खत्री खेलिरहेका छन् । गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए । कर्णालीले चितवनलाई लिग चरणमा २१ रनले र प्ले अफमा ६ विकेटले पराजित गरेको थियो ।