spot_img

तनाव बढेपछि सिमरामा फेरि पनि कफ्र्यू

spot_img

बारा, बाराको सिमरामा बुधबार भएको झडपको विषयलाई लिएर बिहीबार पनि तनाव भएको छ । जेनजीले प्रदर्शन चर्काउन थालेपछि दिउँसो पौने १ बजेदेखि कफ्र्यू लगाइएको छ ।बिहीबार बिहान ११ बजेदेखि सिमरा चोकमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् । भीड नियन्त्रणमा लिन सामान्य बल प्रयोग पनि गरेको थियो । स्थिति नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा कफ्र्यू लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण सुवेदीका अनुसार बिहीबार दिउँसो १२ ः ४५ देखि साँझ ८ बजेसम्मका लागि कफ्र्यू लगाइएको बताए । पथलैयादेखि दक्षिण जीतपुरको ललका पुलसम्म राजमार्गको ५ सय मिटर दाँयाबाँया र एयरपोर्ट क्षेत्रको ५ स मिटर आसपासको क्षेत्रमा कफ्र्यू लगाइएको हो ।

प्रदर्शनका कारण सिमरा क्षेत्रमा यातायात पनि अवरुद्ध बनेको छ । उनीहरुले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

बुधबार सिमरामा भएको झडपमा संलग्नलाई पक्राउ नगरेको भन्दै जेनजीले बिहीबार बिहान प्रदर्शन सुरु गरेका हुन् । उनीहरुले बुधबार ६ जनाविरुद्ध जाहेरी दिएका थिए ।जाहेरी परेका मध्ये दुई जनालाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जीतपुर सिमरा उपमहानगरपालिका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का अध्यक्ष कैमुदिन अन्सारीलाई पक्राउ गरिएको बताए । उनीहरु दुवै एमालेबाट निर्वाचित हुन् ।

बुधबार जेनजी र एमाले कार्यकर्ता बीच भएको झडपमा ६ जना जेनजी घाइते भएका थिए । जेनजीले ६ जनाविरूद्ध किटानी जाहेरी दिएका थिए । एमाले र जेनजी पुस्ताका युवाहरूसित सिमरा चोकमा भएको हात हालाहालको विषयमा जेनजीले एमाले कार्यकर्ताविरूद्ध जाहेरी दिएको हो । आरोपित पक्राउ नपरेको भन्दै फेरि प्रदर्शन गरिएको जेनजीका जिल्ला संयोजक सम्राट उपाध्यायले बताए । बुधबार जेनजी र एमाले कार्यकर्ता बीच भएको झडपले दिनभर तनावपूर्ण र अशान्त बनेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img