spot_img

प्रगतिशील लोकतान्त्रिक पार्टीले लगायो अध्यक्ष मण्डलको टुङ्गो,को–को समेटिए ? बुद्ध दर्शन देखि क्वान्टमको सिद्धान्तसम्म प्रलोपाको मार्गदर्शक सिद्धान्त

spot_img

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पाँच जना अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ । आइतबार राष्ट्रिय सभा गृहमा एकता घोषणा गरेको प्रलोपाले अध्यक्ष मण्डलको टुङ्गो लगाएको हो ।पाँच सदस्यीय अध्यक्ष मण्डलमा साविक नेसपा(नयाँ शक्ति)का संयोजक दुर्गा सोव, प्रगतिशील राष्ट्रिय अभियानको संयोजनको भूमिकामा रहेका सुदन किराँती, रास्वपाबाट विद्रोह गरी आएका सन्तोष परियार, पूर्वमाओवादीका नेता अशोक जैसवाल र जेनजी अगुवा ओजस्वी भट्टराई रहेका छन् ।

अध्यक्षता गर्ने कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले पूर्णता पाएपछि मात्र निर्णय हुने नेता अनिल शर्माले जानकारी दिए ।‘अहिले अध्यक्ष मण्डलमा रहने सदस्य मात्र टुङ्गो लागेको छ । पाँच जनामध्ये एकले नेतृत्व गर्ने हो । कति कति समयमा नेतृत्व फेरबदल हुने भन्नेबारे केन्द्रीय समितिले पूर्णता पाएपछि मात्र निर्णय हुन्छ’, उनले भने ।प्रलोपाको केन्द्रीय समिति १५१ सदस्यीय हुने शर्माले जानकारी दिए ।

बुद्ध दर्शनदेखि क्वान्टमको सिद्धान्तसम्म प्रलोपाको मार्गदर्शक सिद्धान्त
डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियार मिलेर आइतबार घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले बुद्ध दर्शनदेखि क्वान्टमको सिद्धान्तसम्म समेटेर आफ्नो मार्गदर्शक सिद्धान्त अँगाल्ने भएको छ ।

प्रलोपाले सार्वजनिक गरेको संक्षिप्त राजनीतिक प्रतिबद्धतामा मार्गदर्शक सिद्धान्तबारे खुलाइएको छ । जसमा भौतिक जगतले मानिसको चेतनालाई प्रभावित गर्ने र मान्छेको चेतनाले भौतिक जगतलाई बुझ्ने र बदल्ने भएकाले दर्शन, विचार, सिद्धान्तलाई निरन्तर पुनर्परिभाषित, पुनर्सश्लेषण, समृद्धिकरण गर्दै जानपर्नेमा जोड दिइएको छ । ‘एक्काइसौँ शताब्दीका समस्या वा अन्तर्विरोधलाई अठारौँ वा उन्नाइसौँ बिसौँ शताब्दीका विचार(विधि)ले हल गर्न खोज्नु एवम् त्यसले समाधान नदिएपछि अझै मध्ययुगीन वा प्राचीन अप्रमाणित विचारतिर फर्कन र फर्काउन खोज्नु वर्तमान विश्व राजनीतिको सबभन्दा ठुलो कमजोरी रहेको सार्वजनिक राजनीतिक प्रतिविद्धतामा जनाइएको छ ।

नगगठित प्रलोपाको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने उल्लेख छ । ‘बुद्ध दर्शनलाई आत्मसात् गर्दै माक्र्सको समयको पहिलो औद्योगिक क्रान्तिकालको भौतिक विज्ञान र मानवशास्त्रमा आधारित द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादभन्दा अघि बढेको अहिलेको चौथो र पाँचौँ औद्योगिक क्रान्ति कालसम्मको सापेक्षता र क्वान्टम सिद्धान्त, जेनेटिक्स र कृत्रिम बौद्धिकता लगायतका ज्ञानविज्ञानले परिष्कृत माक्र्सवादी द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित विकसित विज्ञानमा आधारित समाज विकासको नवीनतम् सिद्धान्त अनुरूपको नेपाली समाजवाद पार्टीको मार्ग निर्देशक सिद्धान्त र दार्शनिक आधार हुने छ’, सो पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्तबारे भनेको छ । कम्युनिस्ट राजनीतिमा क्वान्टमको सिद्धान्त भन्नाले ‘साना तर गहिरा परिवर्तनले ठुलो राजनीतिक रूपान्तरण जन्माउँछ’ भन्ने अर्थ हुन्छ ।

त्यस्तै पार्टीले सङ्गठनात्मक सिद्धान्तका रूपमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने जनाएको छ । ‘प्रगतिशील लोकतान्त्रिक पार्टीका सबै कमिटी स्वायत्त हुनेछन् । आफ्नो नेता वा प्रतिनिधि छान्ने, उम्मेदवार छनौट गर्ने आदि सबै जिम्मेवारी सम्बन्धित कमिटीलाई नै हुने छ’, सङ्गठनात्मक सिद्धान्तबारे राजनीतिक प्रतिविद्धतामा भनिएको छ । विविधतामा आधारित नेपाली समाजको बनोटलाई ध्यानमा राख्दै जनसङ्ख्या र भूगोलका आधारमा प्रतिनिधित्व र सहभागिता (जातजाति, धर्म, क्षेत्र, लिङ्ग र उमेर समूह) सुनिश्चित गर्ने प्रतिबद्धता सो पार्टीले जनाएको छ ।

‘विधि प्रधानता, सामूहिक निर्णय, सामूहिक र समानुपातिक नेतृत्व प्रणाली र व्यक्तिगत जबाफदेहिता अनिवार्य हुनेछ’, पार्टी घोषणा कार्यक्रममा सार्वजनिक दस्ताबेजमा भनिएको छ, ‘प्रत्यक्ष निर्वाचन, आन्तरिक लोकतन्त्र, एक व्यक्ति एक कार्यकारी पद र एक व्यक्ति दुई कार्यकाल, फिर्ता बोलाउने (राइट टू रिकल) व्यवस्था, स्वैच्छिक अनुशासन र वैज्ञानिक संस्कार, पर्यावरणमैत्री पार्टी संगठन, कार्यगत एकता र संयुक्त मोर्चा इत्यादि अवधारणा कार्यान्वयन गरिनेछ ।’ प्रगतिशील लोकतान्त्रिक पार्टीका संगठन स्वमसेवक र अभियन्ता स्वयमसेवी हुने समेत उल्लेख छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img