spot_img

धनगढीमा जेनजीमाथि एमालेका कार्यकर्ताले कुटपिट गर्दा घाइते,मुखदर्शक गृहमन्त्रालय

spot_img

 कैलालीस्थित धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भएको छ ।बुधबार एमाले नेता महेश बस्नेत धनगढी गएको विरोधमा जेनजी युवाहरूले जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेपछि युवासंघका कार्यकर्ता र जेनजीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो ।

धकेलाधकेल हुँदा जेनजी समूहका सरिता जोशी घाइते भएको प्रहरीले जनाएको छ । उनको हातमा चोट लागेको र स्थिति सामान्य बनेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताए ।

धनगढीमा एमाले निकट युवा सङ्घको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी गएका हुन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img