spot_img

प्रचण्ड–माधव पक्षीय नेकपाको सचिवालय बैठक बस्दै

spot_img

काठमाडौं ,नेकपाको प्रचण्ड–माधव पक्षले सचिवालय बैठक बोलाएको छ। बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्नेछ।बैठकमा अहिलेसम्मको आन्दोलनको समीक्षा र भोलि काठमाडौंमा गरिने सभाका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित भएको छ। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

नेकपाभित्रको तत्कालीन सचिवालयका ९ सदस्यमध्ये दुवै पक्षमा चाररचार जना छन्। सचिवालय सदस्य वामदेव गौतम भने दुवै समूहमा नलागेर ‘पार्टी एकता राष्ट्रिय अभियान’मा लागेका छन् -प्रचण्ड–माधव पक्षले यसअघि पुस १४ र माघ ९ गते काठमाडौंमा विरोध सभा एवं प्रदर्शन गरेको थियो। भोलिको सभालाई ‘अहिलेसम्मकै विशाल’ बनाउने प्रचण्ड–माधव पक्षको दाबी छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img