spot_img

एमालेमा महाधिवेशनको प्रतिनिधि छनोटमा ओली र पोखरेल तिव्र विवादःकतै झडप त कतै दलित भन्दै प्रतिनिधि पनि छनाेट नगरेकाे भन्दै विवाद उत्कर्षमा

spot_img

११औँ महाधिवेशनको प्रतिनिधि छनोटसँगै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी र प्रदेश अध्यक्षहरू क्रमशः अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहमा ध्रुवीकृत हुँदै गएका छन् । अहिलेसम्मको अवस्थामा केन्द्रको गणितमा ओलीलाई सहज देखिए पनि पोखरेल थप ध्रुवीकरणको पर्खाइमा छन् ।२७ देखि २९ मंसिरमा काठमाडौंमा हुन लागेको महाधिवेशनकेन्द्रित ध्रुवीकरणकै बिच पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्मका नेता खुल्दै गएका छन् । ३५४ जनाको मौजुदा केन्द्रीय कमिटीमा ओलीको पक्षमा १२ पदाधिकारीसहित २९३ सदस्य खुलिसकेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा ६ पदाधिकारीसहित ४३ जना केन्द्रीय सदस्य खुलेका छन् । १२ जना केन्द्रीय सदस्य दुवैतिर सम्पर्कमा छन्, उनीहरू केही दिनभित्रै नेतृत्वका सन्दर्भमा स्पष्ट रूपमा धारणा बनाउने पक्षमा छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा वकालत गरेका आधा दर्जन सदस्यले पनि ओलीलाई नै समर्थन गर्ने जनाउ दिएका छन् ।

चारजना केन्द्रीय सदस्यमध्ये डा. शिवमाया तुम्बाहाङ्फेले दक्षिण कोरियाको राजदूत भएर राजीनामा दिइसकेकी छिन् भने रुपन्देहीका कमल गौतमको मृत्यु भएको छ । त्यस्तै, वसन्त नेम्वाङले बिदा लिएका छन् भने प्रकाश शाह केही दिनअघि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।महाधिवेशन तयारी प्रचार समितिकी प्रमुख पद्मा अर्यालले देश विषम परिस्थितिमा रहेका वेला देश र पार्टी दुवैलाई जोगाउन अहिले केपी ओलीको विकल्प खोज्न नहुने बताइन् । ‘यो विषम परिस्थितिमा उहाँको कुनै विकल्प छैन, अबको महाधिवेशनबाट नेतृत्वमा ओलीको विकल्प ओली नै हो, उहाँलाई सर्वसम्मत बनाउनु उपयुक्त हुन्छ,’ ओलीनिकट मानिने उनले भनिन् ।

यस्तै, उपाध्यक्ष युवराज ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको सन्दर्भमा मौन बसेका कैयौँ केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्ष पोखरेललाई अध्यक्ष बनाउने पक्षमा खुल्दै जाने बताए । ‘प्रतिनिधि छनोट सकिएपछि केन्द्रीय कमिटीका लागि आकांक्षीहरू आफ्नो स्वार्थअनुसार खुल्नेछन्, त्यतिवेला मात्र ध्रुवीकरण पनि मूर्त हुन सक्छ,’ ज्ञवालीले भने ।ओलीको पक्षमा खुलिरहेका नेता–कार्यकर्ताले ‘जोगाउन देशको अस्तित्व, केपी ओलीको नेतृत्व’ नारासहितको पोस्टर बनाएर प्रचार थालेका छन् । पोखरेल पक्षघरले ‘आवेग, प्रतिशोध र अहंकारले बच्दैन देश र पार्टीको अस्तित्व, विवेक, सहकार्य र सामूहिकताका लागि ईश्वर पोखरेलको नेतृत्व’को नारा राखेर प्रचारात्मक पोस्टर बनाएका छन् ।

प्रतिनिधि छनोट सकिएसँगै केन्द्रीय नेताहरूको ध्रुवीकरणले थप आकार लिने दुवैतर्फका नेताहरू बताउँछन् । त्यसपछि अध्यक्षका आकांक्षी ओली र पोखरेलमाथि पदाधिकारी र आकांक्षी केन्द्रीय सदस्यको सूची निर्माणमाथि दबाब पर्दै जाने नेता–कार्यकर्ता बताउँछन् ।यसैबिच, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने पक्षमा अडान राख्दै आएका केही केन्द्रीय सदस्य आसन्न महाधिवेशनबाट पनि ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिन थालेका छन् । पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिएकी स्थायी समिति सदस्य थममाया थापा, काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्य, प्रभा बराल, कृष्ण थापासहित केही केन्द्रीय सदस्य ओलीलाई अध्यक्ष बनाउने गरी खुलेका हुन् ।भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गरेकी छिन् । उता, भण्डारीको पक्षमै खुलेका बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल पनि ओलीलाई नै अध्यक्ष बनाउने पक्षमा उभिएका छन् । सात प्रदेश अध्यक्ष र सम्पर्क समन्वय विशेष कमिटीसहित आठ प्रदेश अध्यक्ष कोही पनि पोखरेलको पक्षमा उभिएका छैनन् ।

साढे १६ सय प्रतिनिधिका लागि धेरै ठाउँमा चुनाव, कतै विवाद
एमालेले ११औँ महाधिवेशनका लागि एकै दिन शनिबार प्रतिनिधि छनोट सकेको छ । केन्द्रीय विभाग, प्रदेश कमिटी, विशेष जिल्ला र मजदुर फाँटहरू र जनसंगठनहरूमा सर्वसम्मत प्रतिनिधि चयन भएका छन् । तर, बहुसंख्यक जिल्लामा भने प्रतिनिधि छनोटका लागि चुनाव भएको छ । केही ठाउँमा विवाद र झडप भएको छ । सम्पर्क विशेषसहित आठ प्रदेश, ३२ विभाग, २४ जनसंगठन, १६५ निर्वाचन क्षेत्र, सल्लाहकार कमिटीसहित चार केन्द्रीय निकाय, चार विशेष जिल्ला कमिटी, सात प्रदेशका मजदुर क्षेत्र, भारत प्रवास, युरोप, एसिया, मध्य क्षेत्र जिल्ला कमिटी र केन्द्रीय कार्यालयबाट प्रतिनिधि छनोट भएका छन् । धेरै ठाउँमा अध्यक्ष केपी ओली र ईश्वर पोखरेल समूहबिच प्रतिस्पर्धा भएको छ । पदेन र मनोनीतबाहेक ६ लाख ७० हजार सदस्यबाट कम्तीमा साढे १६ सय प्रतिनिधि भूगोलको निर्वाचन क्षेत्रसहित विभिन्न स्थानबाट चुनिएर आउँदै छन् । एमाले केन्द्रीय कार्यालयका अनुसार कुल महाधिवेशन प्रतिनिधि दुई हजार दुई सय हुनेछन् । १३ मंसिरमा प्रतिनिधि छनोट सकेर १५ मंसिरभित्र सबै विवरण पठाइसक्न सबै प्रदेश, जिल्ला, प्रवास र जनसंगठनलाई निर्देश गरिएको छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img