spot_img

डोल्पोबुद्व गाउँपालिकाका संस्थापक अध्यक्ष तेम्बा गुरुङको निधनःडाेल्पाेबुद्दकाे विकास र जनताकाे अधिकारकाे लडाइमा थियाे महत्वपूर्ण याेगदान,सिंगाे उपल्लाे डाेल्पा शोकमा

spot_img

डोल्पाबुद्द गाउँपालिकाका संस्थापक तथा निवर्तमान अध्यक्ष तेम्बा गुरुङको निधन भएको छ। ५२ वर्षका गुरुङको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हाे। उनी लामाे समय देखि दिर्घराेगबाट ग्रसित थिए।

संघीयता लागू भएपछि २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तह निर्वाचनमा गुरुङ स्वतन्त्र उम्मेदवारको रूपमा विजयी भई डोल्पोबुद्व गाउँपालिकाका संस्थापक अध्यक्ष बनेका थिए। सुशासन, संस्थागत प्रणाली निर्माण र दीर्घकालीन विकासको आधार तयार गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए। समग्र डोल्पोबुद्दको बिकास अनि सुगम बनाउन योगदान र जनताको अधिकार लडाइँमा महत्वपूर्ण याेगदान दिएका थिए।

उनको आकस्मिक निधनले गाउँपालिका गहिरो शोकमा डुबेको डोल्पोबुद्व गाउँपालिकाले वक्तव्यमार्फत जनाएको छ। संस्थापक अध्यक्ष गुरुङले देखाएको निष्ठा, समर्पण र दूरदर्शी नेतृत्वले गाउँपालिकाको विकास यात्रा दृढ बनाएको उल्लेख गर्दै, उनको अथक परिश्रम, स्थापित संरचना र कार्यप्रणाली आजसम्म पनि कार्यदिशा, योजना र निर्णय प्रक्रियाको प्रमुख प्रेरणाका रूपमा रहँदै आएको गाउँपालिकाले जनाएको छ।गुरुङको योगदान, दृष्टि र विरासतले गाउँपालिकालाई अझ सुदृढ मार्गदर्शन गरिरहने बताएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img