नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११ औं महाधिवेशनमा मतदान हुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनको लोगो अनावरण गर्दै नेतृत्व चयनमा प्रतिस्पर्धा हुने तर स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह पनि गरे।‘महाधिवेशनमा मतदान हुन्छ। यो मतदान गर्न नदिएर, मतदान नै नभएर ल यसरी सर्वसम्मति गर्नुपर्छ भन्ने नाउँमा सेन्टिमेन्टल कुरा गरेर, सेन्टिमेन्टलको नाममा कसैलाई आउनै नदिएर अगाडि बढ्ने, आउनै नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन,’ उनले भने, ‘त्यस्तो रोक्नेसोक्ने कुनै काम हुँदैन। प्रतिस्पर्धा, खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ।’
अध्यक्षका हैसियतले आफूले सहमतिमा जोड दिने उनले बताए।
‘जसले छोड्नुपर्छ सहमतिका साथै छाडौं। जो बस्नुपर्छ सहमतिका साथ बसौं। सहमतिका साथ जाऔं। भन्दै गर्लान्, एमालेमा डेमोक्रेसी छैन। चुनावै लडेनन। कसैलाई चुनावै लड्न दिइएने, भन्दै गर्लान्,’ उनले भने।
उनले अगाडि भने, ‘मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं। एकार्कामा टिप्पणी, आलोचना गर्ने, खुइल्याउने, होच्याउने, अपमान गर्ने काम किन गर्ने त्यस्तो, त्यस्तो नगरौं। परस्परमा सम्मानपूर्ण ढंगले चल्ने संस्कृति विकास गरौं। त्यो स्थापना गरौं। अरूलाई नहोच्याऊँ, अस्वस्थ खालको प्रतिस्पर्धा नहोस्। नगरौं। नेकपा एमाले त्यसै गरी अगाडि बढ्छ, प्रतिस्पर्धालाई नराम्रो मान्दैनौं फेरि।’
कर्ण थापामाथि पार्टी कार्यालयमा ’दुव्र्यवहार’ भएको घटना के हो?
नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्ण थापामाथि केन्द्रीय कार्यालयमै दुव्र्यवहार भएको भन्दै पार्टीका नेताहरूले निन्दा, भत्र्सना गरिरहेका छन्।आइतबार ११ औं महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रममा पुगेका पोलिटब्युरो सदस्यलाई अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका स्वयंसेवकले धकेलेको भिडिओ सामाजिक सञ्जालमा देख्न सकिन्छ।
उनलाई दाङका कृष्णसागर वलीले धकेलेको एमालेकै नेताहरूले बताएका छन्। जुन सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनाइएको भिडिओमा पनि देख्न सकिन्छ।अहिले एमालेवृत्तमै घटनाबारे टिप्पणी भइरहेकाले र पक्षविपक्षमा बहस भइरहेकाले यसबारे हामीले कर्ण थापालाई सोध्यौं।उनले लोगो सार्वजनिक कार्यक्रममा जानुअगावै अध्यक्षको सुरक्षामा खटिएका वली थरका युवकले धकेलेको बताए।
’लोगो सार्वजनिक कार्यक्रम सुरू हुनुभन्दा अगाडि नै म पार्टी कार्यालयमा थिएँ। त्यहाँ सञ्चार माध्यमहरूले कुरा गर्नुप¥यो भनिरहनुभएको थियो। महाधिवेशनका सन्दर्भमा मैले धारणा राखिरहेको थिएँ। कुराकानी सकिएको मात्र थियो, अध्यक्षज्यू आइपुग्नुभयो। नेताहरूको पछिपछि हिँड्ने मान्छे म होइन। तर अध्यक्षज्यूले मलाई देख्नेबित्तिकै च्याप्पै हात समातेर माथि जाऊँ भन्नुभयो। अध्यक्षज्यूले हात समातेपछि म उहाँको पछि जाँदै थिएँ। अचानक धकेलिएँ,’ उनले उनले अध्यक्षको सुरक्षा घेरामा रहेका भनिएका व्यक्तिहरू आपराधिक पृष्ठभूमिको रहेको भन्दै आफूले यसबारे अध्यक्षलाई नै जानकारी गराएको पनि बताए।
’त्यो वली भाइको पृष्ठभूमि विवादित छ। अध्यक्षज्यूको सुरक्षामा खटिएका आपराधिक पृष्ठभूमिका पनि छन्। जुन कुरा मैले अध्यक्षज्यूलाई कार्यक्रम सकिएपछि पनि जानकारी गराएको छु,’ उनले भने, ’आपराधिक व्यक्तिहरू लिएर हिँड्नु उचित होइन।’हामीले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलाई पनि सोध्यौं।उनले अध्यक्षको सुरक्षार्थ खटिएकाहरू हिँड्दा सामान्य धक्कामुक्का भएको हुन सक्ने बताए।