spot_img

बजारभन्दा सस्तो पाइन्छ ’नेपाल फुड’ को मार्सी चामल

spot_img

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मार्सी चामलको बिक्री सुरू गरेको छ। कम्पनीले स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले मार्सी चामल बिक्री सुरू गरेको हो।कम्पनीले चालु आर्थिक वर्षमा जुम्लाको मार्सी धान खरिद कार्यक्रम राखेको छ। कार्यक्रमअनुसार यस वर्ष ५ सय मेट्रिक टन धान किनिने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्। मार्सी बजारमा कत्तिको बिक्री हुन्छ भनेर परीक्षण गर्न सुरूमा सुर्खेतका किसानसँग २७ सय क्विन्टल चामल किनेर बेच्न सुरू गरिएको उनको भनाइ छ।‘हामीले पहिलोपटक मार्सी धान किन्न लागेका हौं। यसलाई चामल बनाएर बेच्ने योजना हो। अहिलेलाई बजारमा मार्सीको बजार कस्तो रहेछ थाहा पाउन चामलै किनेर बेचेका हौं,’ उनले भनिन्।

उनका अनुसार सो परिमाणको चामल किन्न करिब ५ लाख रूपैयाँ लागेको छ। अन्य चामलको तुलनामा मार्सी महँगो भएको र बजारमा सबै उपभोक्ताको पहुँच होस् भनेर कम्पनीले बिक्री सुरू गरेको उनले बताइन्‘बजारभन्दा यहाँ किलोमा ५र१० रूपैयाँ सस्तो हुन्छ। हामीले बजारमा प्रतिकेजी २ सय ४५ देखि २ सय ६० रूपैयाँमा बेचेको पाइएको छ,’ उनले भनिन्, ‘अहिले लागत मूल्यमा ७(८ प्रतिशत मात्र नाफा रोखर ग्राहकलाई दिएका छौं।’कम्पनीले मार्सी चामलको मूल्य प्रतिकेजी २ सय २५ रूपैयाँ तोकेको छ। एक केजीको प्याकेटमा आउने चामल कम्पनीको बिक्री केन्द्र रामशाहपथ, थापाथली, नख्खु, लगनखेल र सूर्यविनायकबाट किन्न सकिनेछ।

कम्पनीले बिक्री गर्ने सबै वस्तुलाई ‘नेपाल फुड’ ब्रान्डमा बेच्ने गरेको छ, प्रवक्ता सुवेदीले भनिन्, ‘हामीले आफैं किनेर बेच्ने सामानलाई नेपाल फुड नाम दिएर बेच्छौं। अन्य संस्थानबाट लिएकालाई भने नाम दिँदैनौं।’कम्पनीले नेपालमा उत्पादित खानेकुरा बेच्ने भएकाले ब्रान्डको नाम ‘नेपाल फुड’ राखेको उनले जानकारी दिइन्। यसरी ब्रान्डिङ गरेर गत वर्षदेखि नै खाद्य सामान बेच्न थालिएको हो। उपभोक्ताको राम्रो प्रतिक्रिया आए मार्सीको परिमाण बढाउँदै लैजाने पनि उनले बताइन्।‘अहिले हामीले मार्सी चामल बेच्छौं भनेर धेरैलाई थाहै छैन। लैजानुभएकाहरूबाट राम्रै प्रतिक्रिया आएको छ,’ उनले भनिन्, ‘मार्सी चामलबारे हामीले डिजिटल बोर्ड र वेबसाइटमा राखेका छौं।’

कम्पनीले गत बिहीबारबाट मार्सी बिक्री सुरू गरेको हो, ८ सय किलोभन्दा बढी बिक्री भइसकेको छ। योबाहेक कम्पनीले पूर्वदेखि पश्चिमसम्म उत्पादन हुने अन्य चामल, जुम्लाको सिमी, फापर, दाल, केराउ र साल्ट ट्रेडिङका नुन, चिनी, तेल बेच्दै आएको छ। गत वर्ष सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बनाएको हो।मार्सी धानको चामल खैरो(रातो रङको हुन्छ। कसैकसैले यसलाई रातो चामल पनि भन्छन्। लाभदायक पौष्टिक तत्वको मात्रा सेतो चामलको तुलनामा धेरै भएकाले यो स्वस्थकर मानिन्छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img