spot_img

चुनावको तयारीमा लाग्न नेपाली कम्युनिष्ट पार्टीले ग¥यो अपानीमार्फत निर्देशन

spot_img

काठमाडौं, कार्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एससहितका विभिन्न दलहरू एकता भएर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले पार्टीको एकता प्रक्रिया, एकता राष्ट्रिय सम्मेलनका निर्णय, पार्टीको घोषणा पत्र, विभिन्न सहमतिहरू र तत्काल गर्नुपर्ने कामहरूको विषयमा जानकारी र कार्यान्वयनका लागि अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको छ ।

अपानीमा फागुन २१ को निर्वाचनको तयारीमा लाग्न, जेनजी पुस्ताको भावना समेट्न सबै नेताकार्यकर्तालाई निर्देशन गरिएको छ । ‘प्रतिनिधि सभामा निर्वाचन फागुन २१ मा निर्धारण गरिएको छ, यसमा जेनजी पुस्ताको भावना समेटेर अगाडि जानुको विकल्प छैन, तत्काल आफ्नो कार्यक्षेत्रमा खटिएर निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिएको छ’ अपानीमा उल्लेख छ ।

गत कात्तिक १९ मा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य घटकको एकतापछि नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको थियो । एमाले पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि अभियान कात्तिक २६ मा नेकपामा मिसियो । त्यसपछि सातै प्रदेशमा सन्देशसभा गर्ने निर्णय भएअनुसार अहिले त्यो कार्यक्रम जारी छ ।

वाम एकताको सन्देश दिन गठित नेकपाले आफ्नो अपानीमा पार्टी गठनको पृष्ठभूमिमा जेनजी आन्दोलनपछिको अवस्था, कम्युनिष्ट पार्टीहरू एक नहुँदा अहिले प्राप्त उपलब्धिको रक्षा नहुने अवस्था र अहिले बढ्दै गइरहेको निराशालाई चिर्नका लागि पार्टी एकता गरिएको र त्यहीअनुसार नेता कार्यकर्ता आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ ।

त्यसै गरी पार्टी एकताको प्रक्रिया विभिन्न समयमा गरिएका सहमति र यसमा सामेल दलहरूका विषयमा अपानीमा सबै उल्लेख गरिएको छ । सुरुमा १० वटा दलहरू एकता प्रक्रियामा रहेकोमा पछि थपिएका सबै दलको विवरण यसमा समावेश गरिएको छ ।

त्यसै गरी एकता राष्ट्रिय सम्मेलनको आयोजना र निर्णयअन्तर्गत पार्टीको चुनाव चिन्ह पाँच कुने तारा राख्नेसहतिका निर्णयसहत ११ बुँदाहरू समावेश गरिएको छ ।अपानीमा निर्वाचन आयोगमा दल दर्ता,थप समूहबीचको एकता, अपिल प्रकाशन तथा तत्कालीन र दीर्घकालीन योजनाहरूसमेत उल्लेख गरिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img