spot_img

विराटनगरको सानदार जित, पहिलो क्वालिफायरमा सुदूरपश्चिमविरुद्ध नै खेल्ने

spot_img

काठमाडाैँ, अपराजित रहँदै क्वालिफायर्स वान तय गरेको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै विराटनगर किंग्स पनि दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर्स १ मा प्रवेश गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४८ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाउँदै जित निकालेको हो ।

सुदूरपश्चिमलाई १३.४ ओभरमा हराएको अवस्थामा विराटनगरको क्वालिफायर्स वान पक्का हुने थियो । सोहीअनुसार आक्रमक रुपमा प्रस्तुत भएको विराटनगर आफ्नो योजनामा सफल रह्यो । अब, क्वालिफायर्स वानमा सुदूरको भेट विराटनगरसँगै भएको छ । मंगलबार हुने खेलको विजेता सिधै फाइनलमा पुग्नेछ । समान १० अंक भएपनि विराटनगरले काठमाडौं गोर्खाजलाई नेट रनरेटमा पछि पारेको हो । अब, तेस्रो स्थानमा झरेको काठमाडौंले लुम्बिनी लायन्ससँग इलिमिनेटर खेल्नेछ ।

प्रतियोगिता भने सुदूरपश्चिमको अपराजित यात्रा टुंगिएको छ । यसअघि टोलीले ६ खेलमा ६ नै जितेको थियो । यदपि १२ अंकसहित टोली शीर्षस्थानमै छ । सुदूरपश्चिमले विराटनगर बाहेक सबै टोलीलाई पराजित गरेको छ ।

पहिलो पटक प्लेअफमा स्थान बनाएको विराटनगर सुदूरपश्चिमलाई हराउँदै क्वालिफायर्स १ मा पुग्न सफल भयो । विराटनगर लुम्बिनी र चितवनसँग पराजित हुँदा पोखरा, काठमाडौं, जनकपुर र कर्णालीलाई पराजित गर्न सफल भएको थियो । प्रतियोगितामा सुदूरपश्चिम र विराटनगरसँगै काठमाडों र लुम्बिनी प्लेअफमा स्थान बनाएका छन् । पोखरा, चितवन, कर्णाली र साविक विजेता जनकपुर भने समूह चरणबाट माथि बढ्न सकेनन् ।

विराटनगरको लागि ओपनिङ जोडी फाप डुप्लेसिस र साम हेजवेटले अर्धसतक बनाए । दुई खेलाडीले पहिलो विकेटको लागि ९१ रनको साझेदारी गरेका थिए । यो साझेदारी एनपिएल इतिहासमै पहिलो पटक बनेको हो । विष्पोटक ब्याटिङ गरेको विराटनगले पावर प्लेमा बिना विकेटको क्षती ८७ रन बनाएको थियो । एनपिएलमा पहिलो अर्धसतक बनाउने क्रममा हेजवेटले २७ बलमा सर्वाधिक ५१ रन बनाए । ३ चौका र ४ छक्का प्रहार गरेका ३० वर्षीय अस्ट्रेलियन ब्याटर हेजवेटलाई हर्मित सिंहले विकेटकिपर बिनोद भण्डारीबाट क्याच आउट गराएका थिए ।

एनपिएलमा दोस्रो खेल खेलेका दक्षिण अफ्रिकाका स्टार खेलाडी फाफले २० बलमा ५० रन बनाएका हुन् । ५ चौका र ४ छक्का हिर्काएका उनलाई अभिनाश बोहराले बोल्ड गरेका थिए । उनी १९ बलमै अर्धसतक बनाउन सफल भए । एनपिएलमा भिम सार्की र एडाम रोसिंघटले समान १९ बलमा अर्धसतक बनाएका थिए । जिमी निसम भने सबैभन्दा कम बल (१८) मा अर्धसतक बनाउन सफल भएका थिए । फाफले छैटौ ओभरमा सुदूरका कप्तान तथा मार्की दीपेन्द्रसिंह ऐरीलाई २२ रन हिर्काएका थिए । ४१ वर्षीय फाफ डेब्यु खेलमा मात्र १२ रन बनाउन पुगेका थिए ।

घाइते भएर कमब्याक भएका मार्टिन गप्टिले ९ बलमा २२ रन बनाए ।

सुदूरपश्चिमका अभिनाश बोहराले २ तथा हर्मितले एक विकेट लिए । लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमको लागि आरिफ शेखले अविजित सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा एक चौका र ३ छक्का हिर्काएका थिए । इशान पाण्डेले ३८ रन बनाए । ३५ बलमा समान दुई चौका र छक्का हिर्काएका उनलाई सन्दीप लामिछानेले मार्चन्ड डि लिग्नेबाट क्याच गराएका थिए ।

तेस्रो विकेटको लागि इशानले आसिफ शेखसँग ५० बलमा सर्वाधिक ७२ रनको साझेदारी गरे । ७.६ ओभरमा दोस्रो विकेटको रुपमा जस ब्राउन आउट हुँदा सुदूरपश्चिमले मात्र ४२ रन बनाएको थियो । त्यसपछि आरिफ र इशानले टोलीलाई सम्मानजनक स्कोरतर्फ बढाएका हुन् ।

११ बलमा १९ रन बनाएका कप्तान दीपेन्द्रसिंह ऐरीलाई प्रतिश जिसीले हेजलेटबाट क्याच गराउँदै पेभिलियन फर्काएका थिए ।

यसअघि ओपनस जस ब्राउनले ३५ बलमा २४ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले १५ रनको योगदान गरे । ब्राउन र भण्डारीबीच पहिलो विकेटको लागि २५ रनको साझेदारी भएको हो । अराउन्डर हर्मित सिंहलाई सन्दीपले डक आउट भए ।

विराटनगरका कप्तान तथा मार्की सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । ४ ओभर नै बलिङ गरेको सन्दीपले २० रन खर्चिँदा जस ब्राउन, इशान पाण्डे र हर्मित सिंहको महत्वपूर्ण विकेट लिएका थिए । बसिर अहमद र प्रतिश जिसीले समान एक विकेट लिएका थिए । तीन ओभर बलिङ गरेका सुर्य तामाङसँगै डि लाग्ने र नरेन भट्ट विकेट बिहिन भएका थिए ।

आज नै हुने दोस्रो खेलमा पोखरा र चितवनबीच प्रतिस्पर्धा हुँदैछ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img