spot_img

घिसिङ र शाक्यको मुद्दा सँगै राखेर सुनुवाइ हुँदै

spot_img

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेसी तोकिएको छ ।न्याधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पाौडेलको इजलासमा पेसी तोकिएको छ । दोस्रो सुनुवाइका लागि सोमबार पेसी तोकिएको हो ।

ऊर्जामन्त्रीका रुपमा कुलमान घिसिङले शपथ लिएपछि बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो ।

शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै कात्तिक २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले २०७८ सालदेखिको मुद्दालाई साथै राखेर सुनुवाइ गर्न लागेको छ । विगतमा कुलमान घिसिङले पनि रिट दायर गरेका थिए ।

आज हुने सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा उनी पुनः प्राधिकरण फर्कनेछन् । तर सर्वोच्चले अन्तरिम आदेशभन्दा पनि अन्तिम सुनुवाइ गर्ने तयारी गरेको छ । पछिल्लो पटक शाक्यलाई सरुवा गरेर मनोज सिलवाललाई कार्यकारी निर्देशन बनाइएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img