spot_img

डडेल्धुराबाट अन्तिम पटक चुनावमा प्रतिस्पर्धा गर्ने देउवाको तयारी

spot_img

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा चुनावमा डडेल्धुराबाट पुनः उम्मेदवारी दिने इच्छा प्रकट गरेका छन्। उनले पार्टीका नेताहरूसमक्ष अन्तिमपटक चुनावी प्रतिस्पर्धा गर्ने बताएका छन्। डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारी दिन चाहेको संकेत दिएपछि पार्टी संगठनले उनलाई सर्वसम्मत रूपमा सिफारिस गर्ने तयारी गरिरहेको छ।

गत साता देउवालाई भेट्न महाराजगञ्ज पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले चुनाव लड्ने इच्छा स्पष्ट गरेका थिए। ‘साथीहरूले तपाईं नै उठ्नुपर्छ भनेका छन्। म उठ्छु भन्ने उत्तर पाइएको छ,’ उनले बताए। मंगलबार बिहान भेटेका नेविसंघका नेता भुवन भट्टले समेत देउवाले यसपटक अन्तिमपटक प्रतिस्पर्धामा उत्रने जानकारी आफूलाई दिएको बताए।

कांग्रेसले यही महिनाको अन्त्यसम्म केन्द्रमा नाम सिफारिस पठाउन निर्देश गरेको छ। नियमअनुसार निर्वाचन क्षेत्रीय समितिहरुले मंसिर २५ भित्र प्रदेश समितिमा तीनजनाको नाम—कम्तीमा एक महिला सहित—पठाउनुपर्ने व्यवस्था छ। देउवा २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन जित्दै आएका छन्, र यसपटक पनि त्यही क्षेत्रबाट अन्तिम प्रतिस्पर्धा गर्ने मनसाय राखेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img