spot_img

ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नम्वर-९ र प्रहरी वृत साद्दाेबाटाेकाे आयाेजनामा लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

spot_img

ललितपुर,महालक्ष्मी नगरपालिका वडा नम्वर-९,लामाटार र प्रहरी वृत साद्दाेबाटाेकाे आयाेजनामा “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तरगत लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ।

“प्रविधिको सही प्रयोग गरौँ,लङ्गिक हिंसा अन्त्य गरौँ,लैङ्गिक हिंसा रहित प्रविधि,सुरक्षा र न्यायकाे विधि” भन्ने मुल नाराका साथ बुधबार वडा परिसरमा भएकाे कार्यक्रममा सभा अध्यक्ष वडा अध्यक्ष जयकृष्ण बाेगटी,प्रमुख अतिथि ललितपुर प्रहरी प्रमुख हाेविन्द्र बाेगटी,विशेष अतिथि प्रहरी उपरीक्षक चक्रराज जोशी,यस्तै अतिथिहरू साद्दाेवाटाे वृत प्रमुख पूर्णमा चन्द,प्रहरी निरिक्षक हिमाल तामाङ,बरिष्ठ सइ सन्ताेष केसी लगाएत वडा सदस्य तथा कार्यक्रम संचालक शशिधर पाेखरेल,कार्यापालिका सदस्य,सरिता पाेखरेल,कुमार बयलकाेटी, वडा सदस्य रामकेशर थापा र बेली सुर्खेती लगाए अन्य विशिष्ठ सामाजिक व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा वडाका महिला,स्कुलका बालबालिका लगाएतकाे उलेख्य उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा बाेल्दै जिल्ला प्रहरी प्रमुख बाेगटीले उपस्थित महिला दिदिवहिनी र विद्यार्थी भाइवहिनीहरू घर परिवार,छिमेकी र चिनेजानेकै मान्छेहरूबाट हिंसाकाे शिकार हुनुपरेकाे कुर अवगत गराउनु भयाे। हिंसाका विभिन्न उदाहरण दिंदै कसैले पनि कुनै पनि प्रकारकाे हिंसा सहन नहुने र यदि भएमा प्रहरीकाेमा सम्पर्क गर्न अनुराेध गर्नुभयाे। साइबर अपराधबाट जाेगीन व्यक्ति स्वयम् सचेत र सजक हुनुपर्ने अनलाइनकै भरमा काेहि कसैलाइ विश्वास गर्न नहुँने उहाँकाे भनाइ थियाे।

यस्तै कार्यक्रममा विशेष गरी महिला हिंसाकाे विषयमा साद्दाेवाटाे वृत प्रमुख पूर्णमा चन्दले तथ्याङ्क अनुसार नै घर परिवार,छिमेकी र चिनेजानेकै मान्छेहरूबाट हिंसा बढी हुने गरेकाे स्पष्ट पार्नु भयाे। सबै प्रकारका हिंसाकाे समयमै प्रतिकार गर्न र प्रहरीलाइ खवर गर्न समेत चन्दले उपस्थित सबैलाइ आग्रह गर्नुभयाे।

कार्यक्रमकाे समापन गर्दै कार्यक्रमका सभा अध्यक्ष तथा वडा अध्यक्ष जयकृष्ण बाेगटीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान” अन्तरगत लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धि जनचेतनामूलक यति ठुलाे कार्यक्रम गर्न पाउँदा निकै गर्भकाे कुरा भएकाे बताउँनु भयाे। प्रहरीसँगकाे सहकार्यमा भएकाे कार्यक्रममा स्थानीय महिला दिदिवहिनी,विद्यार्थी भाइवहिनीकाे उलेख्य उपस्थितिले उत्साहित बनाएकाे बताउँदै लैङ्गिक हिंसा र साइबर अपराध न्यूनीकरणका लागि सबै सचेत हुनुपर्ने भन्दै वडाकाे भुमिका र समन्वयका लागि पनि सबैलाइ सम्पर्क गर्न आग्रह गर्नुभयाे।

कार्यक्रममा जेन जी आन्दाेलनका क्रममा वडा कार्यालयलाइ जल्नबाट जाेगाउन सहयाेग गर्ने स्थानीयवासीलाइ सम्मान समेत गरिएकाे थियाे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img