काठमाडौँ, एमाले ११औं महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा चहलपहल सुरु भएको छ ।उल्घाटन समारोहमा सहभागी हुन एमाले समर्थक, पर्यवेक्षक, महाधिवेशन प्रतिनिधिहरु भेला हुन थालिसकेका छन् ।
महाधिवेशन सुरक्षाका लागि १० हजार स्वयंसेजक र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सभास्थल प्रवेश गर्न ‘मेटल डिडेक्टर’ लगाएर सुरक्षा जाँच भइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले १२ बजे महाधिवेशनको कार्यक्रम उद्घाटन गर्न कार्यक्रम रहेको छ ।
एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।