spot_img

नेकपाकाे सुर्खेत सभाःकर्णाली बनाउने ठुनै ठाेस याेजना देखिएन,प्रदेशमा पहिलाे दल बन्ने दावी,जेन जी सरकारलाइ समर्थन,विपक्षीलाइ गाली

spot_img

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिन अगाडि प्रधानमन्त्री र जेनजी युवाहरूबिच भएको सम्झौता नेकपाको नीतिसँग मिल्दो जुल्दो रहेको बताएका छन् ।सुर्खेतमा शनिबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र नेकपाको विचार एउटै भएको भन्दै सम्झौताको विषय पनि मिलेको बताए ।

‘प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूले गरेको सम्झौता राम्रोसँग हेर्नुभयो भने नेकपाको नीति कार्यक्रमसँग धेरै मिल्दो जुल्दो छ,’ उनले भने, ‘यस अर्थ कतिपय आत्तिएका छन् । सबै नेकपा तिर जाने भएकी भनेर आतङ्कित बनेका छन् ।’उनले मिडियामा नाम सुनियाका, चर्चामा आएका सबै जेनजी युवाहरू नेकपामा जोडिएको समेत दाबी गरे ।‘जेनजीहरुको अभिभावक पार्टी नेकपा नै रहेछ । हाम्रा अभिभाव भनेका प्रचण्ड र माधव नै रहेछन् भन्ने कुरा रियलाइज गरेका छन् ।’

जेनजी आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको प्रचण्डको ठहर छ । ‘सच्चिने कि सक्किने’ भनेर जेनजी युवाहरूले दिएको चेतावनीलाई आफूले सकारात्मक रूपमा लिएको समेत बताए । ‘जेनजी युवाहरूले हामीलाई सचिने की सकिने भन्ने चुनौती दिए । हामीले त्यसलाई स्वीकार गयौ । र, जेनजीको बाटोमा हिँड्ने पहिलो पार्टी नै हामी बन्यौँ,’ प्रचण्डले भने ।

प्रचण्डले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी समेत गरे । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायतका नेताहरूले गरेको सम्बोधनको अधिकांश हिस्सा प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसको आलोचनाकै भाषण गरे ।

एकतापछिको पार्टीको भावी दिशा, रणनीति र उद्देश्यको स्पष्ट सन्देश जनताले पाउने अपेक्षा थियो । तर, विडम्बना १ नेताहरूको ध्यान त्यसतर्फ केन्द्रित हुनुको साटो आफ्नो विगतको बचाउ गर्न र अरूको उछित्तो काढ्नमै समय खेर गयो ।सबैभन्दा लामो समय करिब ३० मिनेट मञ्च ओगटेका प्रचण्डले विशेषगरी जेनजीसँग आफ्ना विचार मिल्ने दाबी गरे । सबैले नेताले बाेल्दा कर्णाली बनाउने र बनाउन सकिने याेजनाका कुरा र चर्चा केहि भएन भयाे त विपक्षीकाे आलाेचना र आफ्ना दावी मात्रै गरे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img