काठमाडौं,नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ।उनी बहुविवाहमा पक्राउ परी कैदवापतको रकम बुझाएर छुटेका थिए।
उनलाई एक वर्ष जेल र ५ हजार जरिवानाको फैसला अदालतले गरेको थियो। उनलाई प्रहरीले कात्तिक १८ गते पक्राउ गरेको थियो।कैदवापत दिनको ३०० को दरले कूल एक लाख ९ हजार ५ सय बुझाएर उनी छुटेका थिए।
उनले एमाले महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। तर उनको उम्मेदवारी पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै खारेज गरिदिएको छ।उनी १० औं महाधिवेशनमा केन्द्रीय सदस्य थिए।