spot_img

एमाले महाधिवेशनःहालसम्म जम्मा ७ सय मत खस्याे,यसकारण भइरहेकाे छ मतदानमा ढीलाइ

spot_img

 नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।त्यसका लागि मंगलबार दिउँसो १ बजे नै मतदान हुने कार्यतालिका थियो । तर प्राविधिक समस्या देखाउँदै आज बिहान ८ बजेका लागि मतदान समय तोकियो । आज पनि मतदानमा ढिलाइ भइरहेको छ ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल मैदानमा उत्रिएका छन् । अहिलेसम्म २ हजार २ सय २३ मतदातामध्ये सात सय भन्दा बढीले विद्युतीय मतपेटीका मत खसालेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार हाम्रो स्टिमेसन यतिबेला सम्म डबल मतदान हुन्छ भन्ने थियो । तर, सोचे अनुसार भएन एकदमै स्लो भयो । यसको कारण चाहिँ नेम लिस्ट अर्थात् चिट लिएर आउँदा र भोट हाल्दा समय लाग्यो । लिस्ट हेरेर भोट हाल्दा समय लाग्ने रहेछ । त्यसैले स्लो भयो ।

अर्को सुरुमा २५१ मा केन्द्रीय समिति थियो । हामीले तयारी त्यसैअनुसार गरेका थियौँ। अहिले केन्द्रीय समिति ३०१ छ । चिट हेरेर मत हाल्दा एकदमै स्लो छ । किनभने उम्मेदवार एकदमै धेरै छन् । यसरी जाने हो भने भोलि ३, ४ बज्ने स्थिति देखिन्छ । यो चिन्ता हामीलाई पनि छ ।

हाम्रो आकलन यति लामो समय लाग्ने आकलन थिएन । लिस्ट लिएर आउने भएर बिग्रियो । चिट नलिएर आए फास्ट हुन्छ । मतदान सकिएको ४ घण्टाभित्रै नतिजा दिइने निर्वाचन आयोगले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img