spot_img

एमालेको पहिलो केन्द्रीय कमिटी बैठकःकेन्द्रीय सदस्यलाई हकार्दै ओलीले भने बैठकभित्र मोबाइल किन चलाकाे? अन्य के–के ग¥यो निर्णय ?

spot_img

नेकपा एमालेको ११औँ महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले एक हप्ताभित्र संशोधित विधान र राजनीतिक प्रतिवेदनहरू प्रकाशन गर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । आचार्यका अनुसार विधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय गर्दै त्यसको जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ ।

केन्द्रीय कमिटी पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मेवारी पनि सचिवालयलाई दिएको छ । एमालेको सचिवालयमा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । बैठकले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ काठमाडौँमा बस्ने निर्णय गर्नुका साथै पदाधिकारी र केन्द्रीय सदस्यबाट विदा भएकाहरूलाई समेटेर राष्ट्रिय सल्लाहकार परिषद् गठन गरेर कामको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले महाधिवेशनमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।

केन्द्रीय सदस्यलाई हकार्दै ओलीले भनेः बैठकभित्र मोबाइल बज्नुहुँदैन

जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै हकारे ।नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी छ । जारी बैठकमा ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाउँदै हकारे ।उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन ।’

त्यस्तै ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए । ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने?’ ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’

उनले चुनावमा लड्दा प्यानल बने पनि अहिले निर्वाचित भइसकेपछि प्यानल र गुट एमालेमा नभएको पनि बताए । ‘हिजो चुनावमा लड्दा प्यानल भएर लडियो होला, स्वतन्त्र भएर लडियो होला। त्यो हिजै सकियो,’ उनले भने, ‘अब एमालेको केन्द्रीय कमिटीमा हामी छौँ । यो प्यानल र त्यो प्यानल होइन यो देश हाँक्ने एमालेको एकढिक्का हो। यो–त्यो प्यानल छैन ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img