spot_img

‘निर्वाचन सार्ने र रोक्ने हल्ला हुन्, जेन–जी आन्दोलनको सपना मतपत्रबाट पूरा गरौँ: प्रधानमन्त्री कार्की

spot_img

काठमाडौं, प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने प्रष्ट पारेकी छन् ।सरकार गठनको १०० दिन पुगेको अवसरमा शनिबार देशबासीका नाममा सम्बोधन गर्दै उनले शनिबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण रहेको बताएकी छन् ।

कार्कीले भनिन्– आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु– २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो। म तपाईंहरूलाई आश्वस्त पार्न चाहन्छु, चुनाव सार्ने वा रोक्नेजस्ता हल्लाहरू पूर्णतः निराधार र भ्रमपूर्ण छन् । यो सरकार तोकिएको समयमै, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ छ।

अराजकताले कसैलाई खुसी नदिने भन्दै प्रधानमन्त्रीले शान्ति र स्थिरताका लागि सबैलाई एकजुट हुन आग्रह गरिन् ।चुनाव कसैको हार जितको विषय नभए र देशले जित्नु प्रमुख भएको उनले प्रष्ट पारेकी छन् ।चुनावमा कसले जित्छ वा हार्छ त्यो गौण हो, हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै ठूलो कुरा हो,’ उनको भनाइ छ ।

‘जेन–जी’ आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमार्फत व्यक्त गर्न युवाहरूलाई उनले आह्वान गरेकी छन् । ‘सडकको आन्दोलनले प्रश्न उठाउँछ, तर मतपत्रले समाधान दिन्छ,’ उनको भनाइ छ ।चुनावका लागि एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको भन्दै उनले सुरक्षाको ग्यारेन्टी दिएकी छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img