जनकपुरधाम, मधेस प्रदेशको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवको नाममा टुंगो लागेको छ।शनिबार बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई सभामुखको साझा उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए।सभामुख पदका लागि आजै उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यतालिका सार्वजनिक भएपछि बसेको सात दलीय गठबन्धनको बैठकले यादवको नाममा सहमति जुटाएको हो। यादवले दिउँसो करिब १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।यसअघि सभामुख रहेका रामचन्द्र मण्डल पदमुक्त भएपछि सभामुख पद रिक्त रहेको छ।