spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा भएको तेस्राे वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न

spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा तेश्रो वडा अध्यक्ष कप वुद्धिचाल प्रतियोगिता भब्य र सभ्य रूपमा सम्पन भएको छ। वडा नम्बर ९ को आर्थिक वर्ष २०८२/०८३ को सामाजिक तर्फको स्वीकृत कार्यक्रम अनुसार तेस्रो वडा अध्यक्ष कप बुद्धिचाल प्रतियोगिता लामाटारमा आयोजित कार्यक्रम वडा अध्यक्ष जयकृष्ण बोगटीको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतियोगितामा काभ्रेका शैलेन्द्र न्यौपानेले उत्कृष्ट प्रदर्शन गर्दै ८ अंक को साथ प्रथम स्थान हासिल गर्न सफल भए। रिशोन थापा र मुहान नरसिङ श्रेष्ठ ७.५ अंकका साथ क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गर्न सफल भए। एफ. एम. क्षितिज भण्डारी, कविन्द्र शिवाकोटी, बद्रिलाल नेपाली समान ७.५ अंकका साथ चौथो, पाचौ, छैठौं स्थानमा चित्त बुझाए। हेटाैंडाका सि.एम. कृष्ण थापा , मिशन थापा, महालक्ष्मी नगरपालिकाका सुरोज महर्जन, सि.एम. नविन तण्डुकार सातौ देखी दशौ स्थान प्राप्त गर्न सफल भएका थिए।

यस्तै महिला तर्फ राधिका पौडेल प्रथम,महालक्ष्मी नगरपालिकाकि ग्लोसी श्रेष्ठ दोश्रो र महालक्ष्मी वडा नम्बर ९ महिला तर्फ प्रस्तुति घिमिरे प्रथम,दोस्रो आर्सी आचार्य बन्न सफल भइन्। महालक्ष्मी वडा नम्बर ९ कै पुरुष तर्फ राजन पुरी,युनिक पन्थी दोस्रो स्थान हासिल गर्न सफल भए।

यस्तै महालक्ष्मी नगरपालिका तर्फ लेखराज भट्टराई प्रथम,दोश्रो राजेश महर्जन बने भने ललितपुर जिल्ला तर्फ रत्न ब्यन्जनकार प्रथम हुन सफल भय। स्कुल तर्फ जुगल स्कुल धापाखेलका छात्राले उचाल्न सफल भए।

कार्यक्रममा बोल्दै निकट भविष्यमा पनि कार्यकाल हुन्जेल प्रतियाेगिता जारी राख्ने बताउँदै स्थानीय तहमा बुद्धिचाल खेलको विकास, खेलाडीहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगिता सभ्री र भब्री रुपमा सम्पन्न भएको वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो । प्रतियोगितामा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत दिनुभयो।

स्विस लिग अन्तर्गत ९ राउण्डमा खेलाइने प्रतियोगिता २ दिन सञ्चालन भएको थियोे। खुल्ला प्रतियोगिता भएकाले देशैभरबाट २ सय भन्दा बढी खेलाडीहरू सहभागि भएकाे भारतबाट १३ जना खेलाडीकाे पनि सहभागिता रहेकाे थियो। प्रतियोगितामा दृष्टिविहीन खेलाडी मोहन वि.क.को पानि सह‌भागिता रहेको थियो।

सो प्रतियोगितामा ३२ जना विविध विधामा पुरस्कृत गरिएको सो प्रतियोगिता प्रमुख निर्णायक फिडे आर्विटर हरि कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img