आगामी फाल्गुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लिएर गोर्खा क्षेत्र नं. १ मा राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा तथा जेन्जी पुस्ताका प्रभावशाली नेता सन्तोष पन्तको नाम चर्चाको केन्द्रमा आएको छ।
पार्टी स्थापना कालदेखि नै रास्वपामा सक्रिय रूपमा आबद्ध रबि निकट पन्त हाल रास्वपाको युवा टीम केन्द्रीयका सचिवको जिम्मेवारीमा रहँदै आएका छन्। युवाहरूलाई संगठित गर्दै वैकल्पिक राजनीतिलाई मजबुत बनाउने अभियानमा उनी निरन्तर सक्रिय युवा हुन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका पन्त लामो समयदेखि सामाजिक सेवा, सुशासन र युवाको प्रतिनिधित्वका सवालमा निरन्तर लागिरहेका युवाका रूपमा परिचित छन्।
गोर्खा क्षेत्र नं. १ मा नयाँ सोच, इमानदार राजनीति र युवाको बलियो उपस्थिति आवश्यक रहेको सन्दर्भमा सन्तोष पन्तको सम्भावित उम्मेदवारीलाई आशाको रूपमा हेरियको छ। स्थानीयदेखि केन्द्रीय तहसम्म उनको नाम सकारात्मक रूपमा चर्चामा आउनु स्वयंमा वैकल्पिक राजनीतिप्रतिको जनचासोको संकेत मानिएको छ।
देशले खोजेको इमानदार, सक्षम र जुझारु युवा नेतृत्वको प्रतीकका रूपमा सन्तोष पन्तको उदयले गोर्खा मात्र होइन, समग्र देशलाई सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
पार्टीले अवसर दिए चुनावी मैदानमा होमिन आफू तयार रहेको र नयाँ अनि परिवर्तन कारी शक्तिसंग मिलेर जाने नेता पन्तले बताए।