spot_img

ललितपुरकाे लुभुमा १ जना हायु युवाकाे हत्या गरी इनारमा फ्याँकिएको अवस्थामा शव फेलाःप्रहरीद्वारा १ जना पक्राउ

spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा एक जना तरकारी खेती गर्ने ठाउँको इनारभित्र एक युवकको शव फेला परेको छ। हत्या गरिएको घटनामा आफन्त १ जन पक्राउ परेका छन्। हत्या गरी बोराभित्र राखेर इनारभित्र फ्याँकेको उक्त शव सिन्धुलीका २५ वर्षीय केशवराज हायुको हो।

उनको हत्या आरोपमा प्रहरीले एक जना आफन्तलाई नै पक्राउ गरी अनुसन्धान गरिरहेको हो।जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले हत्यामा एक जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे।उनका अनुसार हत्या गर्न हम्मरको प्रयोग भएको छ।

‘हत्या गर्न हम्मरको प्रयोग भएको छ। अन्तै हत्या गरी तरकारी खेती गरेको ठाउँमा रहेको इनारमा फ्याँकिएको देखिन्छ,’ उनले भने।हत्या मंसिर २० गते नै भएको हुनुपर्ने प्रहरीको अनुमान छ। त्यसदिनपछि मृतककी बहिनीले प्रहरीकहाँ हराएको भनेर निवेदन समेत दिएकी थिइन्। यसैबीच पुस २ गते शव फेला परेको थियो। शवपछि हायुको भएको भनेर सनाखत भएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img