spot_img

तराई मधेशमा हुस्सु र कुहिरोले बढ्यो जाढ्याेःजनजिवन प्रभावित हुँदै

spot_img

दिनभरजसो नै हुस्सु र कुहिरो लागेर घाम लाग्न नपाउँदा तराई मधेशमा जाडो बढेको छ । पुसको कठ्यांग्रिँदो जाडोको मारमा विपन्न नागरिक परेका छन् । बिहानपख त शीत पनि खस्ने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दिनमा कोशी, मधेश र सुदूरपश्चिमका तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेको छ । यी क्षेत्रका जिल्लामा केहीबेर घाम झुल्किए पनि दिनभरजसो हुस्सु लाग्ने गरेको छ ।

बागमती, गण्डकी र लुम्बिनीका तराईमा तुलनात्मक रूपमा कम कुहिरो रहे पनि हुस्सु भने छ । एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पछिल्ला तीन दिन तराईमा हुस्सु र कुहिरो धेरै रहे पनि सोमबार र मंगलबार केही कम हुने देखिन्छ । ‘पश्चिमी वायुको प्रभाव देखिएको छ । यसले गर्दा हावा चल्ने भएकाले हुस्सु र कुहिरो केही कम हुन्छ,’ उनले भने, ‘तर पानी नपरे पनि बादल लाग्ने भएकाले चिसो भने बढाउँछ ।’

हुस्सु र कुहिरोले पारदर्शिता कम हुँदा तराई मधेशका विमानस्थलमा मध्याह्नसम्म नै उडान प्रभावित हुने गरेका छन् । आइतबार बिहान ८ः ४५ को तथ्यांकअनुसार पारदर्शिता धनगढी र नेपालगन्ज विमानस्थलमा दुई सय मिटरमा झरेको थियो । त्यस्तै, विराटनगर र चन्द्रगढीमा चार–चार सय तथा सिमरामा पाँच सय मिटरमा झरेको थियो । जनकपुरमा एक हजार चार सय र भैरहवामा दुई हजार मिटर पारदर्शिता थियो, जुन उडानका लागि पर्याप्त हो ।

हुस्सु र कुहिरोका कारण तापक्रम पनि घटिरहेको छ । आइतबार धनगढीमा न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियसमा झरेको छ, शनिबार ९ थियो । त्यस्तै, नेपालगन्ज र सिमराको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै, भैरहवा ११.९, विराटनगरमा १२, जनकपुरमा १२.६ र चन्द्रगढीमा १३ डिग्री मापन भएको छ । धनगढीका स्थानीय उद्धव अवस्थीले बाक्लो हुस्सुसँगै चिसो बढ्दा साँझबिहान हिँडडुल गर्न गाह्रो हुन थालेको बताए ।

मुसहरलाई जाडोमा ‘घुर’को भर
मोरङको बुढीगंगा गाउँपालिका– १, करैया टोलका कृष्ण ऋषिदेव जाडो बढ्न थालेसँगै बिहान झिसमिसेमै उठ्छन् । उठ्नासाथ उनी खोजबिन गरेर ल्याएको झ्यासपरालमा आगो सल्काउँछन् र ताप्न थाल्छन् । आगो बलेको थाहा भएपछि परिवारका अरू सदस्य पनि उठ्छन् र सामूहिक रूपमा आगो ताप्दै गफिन थाल्छन् ।

कृष्ण ऋषिदेव र उनको परिवार मात्र होइन, करैया टोलमा रहेका अतिविपन्न दलित समुदायका ५० घरपरिवार झ्यासपराल बालेर जाडो कटाउँछन् । हरेक दिन ज्याला–मजदुरी गरेर खानुपर्ने बाध्यतामा रहेका भूमिहीन ऋषिदेवहरूसँग जाडो छल्न सुत्दा ओढ्ने–ओछ्याउने र उठ्दा लगाउने न्याना लुगाको जोहो हुँदैन । हरेक दिन झ्यासपरालको आगो ‘घुर’ नै उनीहरूका लागि जाडो छल्ने न्यानो उपाय हो ।

हुन त ‘घुर’ ताप्नु तराई मधेशमा परम्परागत प्रचलन हो । यति मात्र होइन, जाडोमा न्यानोका लागि तापिने ‘घुर’लाई सूचना केन्द्र पनि भनिन्छ । किनभने समुदायका सबैले परिवारको आकारअनुसार ‘घुर’को न्यानो तापेर गाउँ टोलदेखि देश–विदेशमा भएका समसामयिक घटनाबारे चर्चा गर्छन् । तर, दलित समुदायभित्र अति गरिबमा पर्ने मुसहर समुदायका लागि भने ‘घुर’ ताप्ने चलन परम्परागत संस्कृति र सूचना केन्द्र नभएर केवल जाडोबाट जोगाउने न्यानो उपाय मात्रै हो ।

माटोको चिसो भुइँमा पराल र बोरा ओछ्याएर सुत्नुपर्ने बाध्यताका गरिब मुसहरहरू आर्थिक विपन्नताले गर्दा हरेक वर्ष आउने कठ्यांग्रिँदो जाडोका लागि न्याना सिरक र कपडा जोहो गर्न सक्दैनन् । दैनिक ज्याला–मजदुरी गर्ने बाध्यता र कमाएको पैसा बचत नहुँदा हरेक वर्ष आउने शीतलहरको कठ्यांग्रिँदो जाडो उनीहरूका लागि निकै कष्टकर बन्ने गर्छ । यसैले, उनीहरूका लागि ‘घुर’ नै शरीरलाई न्यानो दिने सहारा हुन्छ ।

अगुवा विनोद ऋषिदेवका अनुसार करैया टोलमा रहेका ५० घर मुसहर घरपरिवार सबै अति विपन्न छन् । प्रायजसोको घरमा न सिरक–डसना छन्, न लगाउने कपडा नै । एक–दुई घरमा मात्र खाट प्रयोग गरिन्छ । नयाँ पत्रिकामा खवर छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img