काठमाडौँ , र नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।नेतृ झाक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे गरेको टिप्पणीको कारण महानगरीय अपराध महाशाखाको टोलीले झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले नेतृ झाक्रीलाई कारवाही गर्न प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीलाई ज्ञापनपत्र समेत बझाएको थिए ।