spot_img

फोरजी सेवा विस्तारको माग गर्दै उपल्लो डोल्पाका जनप्रतिनिधि काठमाडौंमा

spot_img

डोल्पा, उपल्लो डोल्पामा फोरजी सेवा विस्तारको माग गर्दै जनप्रतिनिधिहरू काठमाडौं पुगेका छन् ।जिल्लाको शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पो बुद्व गाउँपालिकामा फोरजी इन्टरनेट सेवासहितको टेलिफोन सेवा विस्तारको माग गर्दै जनप्रतिनिधिको टोली काठमाडौं पुगेको हो ।दुर्गम जिल्ला डोल्पाबाट पैदल र जहाज यात्रा गर्दै पुगेको टोलीले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेर आफ्ना माग राखेका छन् ।उपल्लो डोल्पाका तीनवटै पालिकामा हाल नेपाल टेलिकमको टुजी सेवा मात्रै रहेको छ । जसले गर्दा हालसम्म पनि उपल्लो डोल्पावासी नेपाल टेलिकमको इन्टरनेट सेवाबाट वञ्चित छन् ।

’उपल्लो डोल्पाका तीनवटै पालिकामा हालसम्म पनि नेपाल टेलिकमको इन्टरनेट सेवा छैन,’ शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले भने, ’करिब एक दशकअघि जोडिएका टुजी टावरले काम नगर्दा यहाँका बासिन्दाले समस्या भोगिरहनुपरेको छ । समाधानको उपाय खोज्दै काठमाडौ पुग्नुपरेको हो ।’साल्दाङ,भिजेर, छार्का, धो र फोक्सुण्डोमा जडान भएका टावर पुराना भएकै कारण बारम्बार समस्या आउने गरेको छ । टावर बिग्रिएको अवस्थामा समयमै प्राविधिक पुग्न नसक्ने र कुनै सामान बिग्रिएमा महिनौंसम्म डोल्पा सञ्चारविहीन रहने गर्छ ।

जनप्रतिनिधिको टोलीले सञ्चारमन्त्री खरेलसँग मुस्ताङ हुँदै उपल्लो डोल्पा सडक सञ्जालमा जोडिसकेकाले तीनवटै पालिकामा फाइबर इन्टरनेट विस्तारको मागसमेत गरेका छन् । भरपर्दो इन्टरनेट सुविधा नहुँदा स्थानीय सरकारको कार्यसम्पादनमा समेत समस्या भएको उनीहरुको भनाइ छ ।यस्तै मन्त्री खरेलसँग उनीहरुले भोटे भाषा हिमाली जनसमुदायका मानिसको बोल्ने र दैनिक उपयोग गर्ने भाषा भएकाले सोही भाषामा दैनिक वा साप्ताहिक रुपमा नेपाल टेलिभिजनमा समाचार प्रसारण गरिदिन समेत आग्रह गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img