spot_img

नख्खु कारागारबाट भागेर ठमेलमा युवकको हत्या गरेका कैदी आकाश मगर रोल्पाबाट पक्राउ

spot_img

 काठमाडौं, ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् ।फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए । २५ वर्षीय उनै तामाङलाई फरार कैदी मगरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।खुकुरी प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल पठाइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पूरानो रिसईबीका कारण हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

लुटपाट तथा डकैतीको कसुरमा कारागार चलान भएका उनी २४ भदौमा जेन–जीको आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए । हत्यापछि उनी फरार थिए ।

घटनास्थल वरपरेको सीसीटीभी फुटेज र लगायत प्राविधिक, म्यानुअल अनुसन्धानबाट हत्यामा फरार कैदी मगरको संलग्नता देखिएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img